बैतडीमा जिप दुर्घटना, बझाङका ६ जनाको मृत्यु

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बैतडीमा जिप दुर्घटना हुँदा बझाङका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बैतडी खोडपे-बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा जिप दुर्घटना भएको हो । मंगलबार राति करिब ११स्२५ बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्युहुनेमा बझाङको केदारस्यू गाउँपालिका–५ को बाँझका ४५ वर्षीय मानबहादुर धामी, सोही ठाउँका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहनुभएको छ । मृत्यु हनेहरू सबै एकै गाउँका रहेका छन् ।

जिपमा सवार रहेका पाँच जना सकुसल रहेका छन् । जिप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कबिहिन् छन् ।

घटनास्थलबाट शव ल्याउने कार्य अहिले भइरहेको घटनास्थलमा खटिनुभएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जिप झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?