केन्द्रीय समिति बैठकअघि ढाकाकुमार र रवि लामिछानेबीच छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसद ढाकाप्रसाद श्रेष्ठसँग विवादास्पद अडिओका विषयमा छलफल गर्नुभएको छ ।

मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको छ । जसले श्रेष्ठले इन्कार गर्दै आउनु भएको छ ।

सोही विषयमा रास्वपाको अनुशासन तथा आचरण समितिले अध्ययन गरेर सभापति लामिछानेलाई मंगलबार बुझाइसकेको छ । यसबारे निर्णय लिन बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापति लामिछानेले श्रेष्ठसँग छलफल गर्नुभएको हो ।

सभापति रवि लामिछाने र उपसभापति डोरप्रसाद अर्यालले सांसद डा. श्रेष्ठसँग छलफल गर्नुभएकोहो । आफूलाई कारबाही गरिए कोर टिमबारे सार्वजनिक गर्ने सांसद श्रेष्ठले चेतावनी दिएको भन्दै समाचार आइरहेका छन् ।

ढाकाकुमारबारे आज निर्णय लिँदै रास्वपा, सांसदबाट हटाउने तयारी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?