पूर्वाधारमा लगानी बढाउन विश्व बैंकलाई आग्रह

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच बुधबार टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यु (डिपिसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो । आगामी जुन महिनामा नेपालमा डिपिसी पुनरवलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ ।

विश्व भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । विशेषगरी पूर्वाधार विकासमा विश्व बैंकको सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा. महतले राख्नुभएको थियो ।

विश्व बैंकले नेतृत्व गरिरहेको माथिल्लो अरुणमा थप लगानीकर्ता पनि विश्व बैंकले नै खोज्ने भएकाले सो विषयमा छलफल भएको बताइएको छ । माथिल्लो अरुण आयोजना सम्पन्न गर्ने विषयमा छलफल हुनुका साथै अन्य पूर्वाधार विकासमा पनि विश्व बैंकको सहयोग के–कस्तो रहन्छ भन्ने विषयमा मन्त्री डा. महतको चासोमा क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?