वार्षिकोत्सवका अवसरमा सिटिजन्सको छुट

Read Time = 2 mins

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजना सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले वैशाख १ गतेदेखि ७ गतेसम्म एक साताका लागि बैंकका विभिन्न क्यासलेस कारोबारमा भारी छुट र क्यासब्याकलगायतका योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेसिन र अनलाइनमार्फत् एक हजार रुपैयाँ वा सोभन्दा बढीको कारोबारमा १६ प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

त्यस्तै, क्युआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकका लागि पनि पाँच सय वा सोभन्दा बढीको कारोबारमा १६ प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्ड प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्करूपमा उपलब्ध गराउने र निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्थासमेत गरेको छ । साथै बैंकका निष्क्रिय खाता भएका ग्राहकलाई समेत खाता सक्रिय गरी कार्ड वा मोबाइल बंैकिङमार्फत् पाँच सय वा सोभन्दा बढीको कारोबारमा एकमुष्ट दुई सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?