राजनीतिक दल र तिनका नेताहरू बेइमान हुनाले आज देश गम्भीर संकटमा छ । राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा देश तहस नहस छ । यो देश बनाउने कसले ? किन देश बन्न सकेन ? देश बन्न नसक्नुका कारण के के छन् ? यी प्रश्नप्रति कसैको ध्यान गएको छ ? छैन, त्यसो भएर आज देश बन्न सकेन । राजनीतिक दल र तिनका नेताहरूमा नैतिकता भन्ने चिज नै भएन । समस्या यो हो नी । अरूलाई दोष दिएर हुँदैन । कमिकमजोरीको दोष आफैं लिन सक्नुपर्छ । लोकतान्त्रिक शासन प्रणालीमा जनता सम्पन्न हुनुपर्नेमा नेताहरू सम्पन्न भए । यो गम्भीर समस्या हो । शासन सत्ताको बगडोर राजनीतिक नेतृत्वले समालेदेखि देशमा के प्रगति भयो ? यो प्रश्न गर्न पाउने कि नपाउने ?
देशमा विधिको शासन सञ्चालन भयो भनेमात्र जनता खुशी रहन्छन् । आजदेशमा नेताहरू इमानदार बन्न नसक्दा सबैले दुःख पाउन परेको छ । नेतृत्ववर्ग नैतिकवान नहुँदा सिंगो देशले दुःख पाउँछ । आज भएको त्यही हो । नेपालमा अझै पनि सुशासन कायम हुन सकेको छैन । विकास निर्माणको कार्य सुस्त छ । सरकारप्रति आमनागरिक निराश छन् । यस्तो भएपछि मुलुक अघि बढछ ? सोच्नुपर्ने बेला धेरै भइसकेको छ । नेपालको संविधानले व्यवस्था गरेको निर्देशक सिद्धान्त, नीति तथा दायित्व राज्य सञ्चालन को मार्ग निर्देशन हो ।
विश्वका धेरै मुलुकमध्ये केही मुलुक विकास र समृद्धिको बाटोमा लम्किएका छन् । कारण सुशासन हो । जुनदेशमा सुशासन कायम भएको छ, त्यो देशमा विकास भएको छ । जुन देशमा सुशासन कायम हुन सकेको छैन त्यो देश विकासको हिसाबमा पछाडि परेको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकार संरक्षण र सम्वद्र्धन, राज्यका निर्देशक सिद्धान्तको अनुशरण तथा राज्यका नीतिको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हो । राजनीतिक नेतृत्वमा आफूले सम्हालेको दायित्वप्रति जिम्मेवारीबोध हुनु आवश्यक छ । राजनीतिक नेतृत्वले नढाट्ने हो भने राजनीतिमा इमानदारी कायम हुन्छ । हाम्रो राजनीतिक नेतृत्वले जनतासँग गरेको प्रतिबद्धता कति हदसम्म पूरा गरेका छन् । देशमा भ्रष्टाचारको अवस्था कस्तो छ ? यी प्रश्नले पनि नेतृत्वको नैतिकता मापन गर्छ । जुनसुकै पार्टीको नेतृत्वले सत्ताका लागि पार्टी नीति तथा सिद्धान्तलाई नै तिलाञ्जली दिएर जोसँग पनि जसरी पनि तालमेल र गठबन्धन गर्न तयार हुने गरेका छन् । यो नै राजनीतिक बेइमानी हो ।
राष्ट्रिय सरोकारका विषयमा साझा राजनीतिक प्रतिबद्धता कायम गर्न नसक्नु भनेको जनआस्थाप्रतिको बेइमानी हो । हाम्रो राजनीतिक नेतृत्वमा पारदर्शिताको अभाव देखिन्छ । चुनाव खर्च, पार्टी सञ्चालन र नेतृत्वको पारिवारिक आय स्रोत बारे नागरिक अझै पनि सशंकित र अनभिज्ञ छन् । कतिपय राजनीतिक नेतृत्वको पारिवारिक जीवनशैली र चाल चलन बारे नागरिकले नजिकबाट चासो राख्छन् । खर्चिलो जीवनशैलीको आर्थिक स्रोत के हो ? भन्ने प्रश्न आमजनमानसमा उठ्ने गरेको छ । सार्वजनिक पदमा बस्ने तथा शक्तिको प्रयोग गर्नेले आफूले गरेका काम कारबाहीको पूर्ण जिम्मेवारी लिएर दयित्व बहन गर्नुपर्छ । राजनीतिक नेतृत्वले आफू र आफू मातहत भए-गरेका कामको पुष्ट्याइँ गर्न सक्नुपर्छ । यसको अर्थ सार्वजनिक पद धारण गरेको व्यक्ति आफूले गरेका राम्रा–नराम्रा कामप्रति जवाफदेही बन्नु हो ।
विश्वका धेरै मुलुकमध्ये केही मुलुक विकास र समृद्धिको बाटोमा लम्किएका छन् । कारण सुशासन हो । जुनदेशमा सुशासन कायम भएको छ, त्यो देशमा विकास भएको छ । जुन देशमा सुशासन कायम हुन सकेको छैन त्यो देश विकासको हिसाबमा पछाडि परेको छ । हाम्रो देश पनि विकासको हिसाबमा पछाडि छ । त्यो कारण हो हामीले पनि देशमा सुशासन कायम गर्न सकेनौं । देशको विकास, समृद्धिका लागि सुशासन अनिवार्य सर्त हो । सुशासनविना विकास र समृद्धिको कल्पना पनि गर्न सकिँदैन । आजदेश भ्रष्टाचारले आक्रान्त छ । मुलुकको प्रशासन सञ्चालनमा सुशासन कायम हुन सकेन । सबैभन्दा बढी मात्रामा स्थानीयतहमा भ्रष्टाचारले जरा गाडेर बसेको छ ।
स्थानीयतहमा बेथिति अनियमितता बढेर गएको छ । यसलाई रोक्ने कसले ? जनताले सुशासनको चाहना गरेको धेरै भयो तर अहिलेसम्म प्राप्त गर्न सकिएको छैन । असल शासनलाई सुशासन भनिन्छ । यसैगरी, कानुनी शासन नै सुशासनको आधार हो । देशमा सुशासन कायम गर्न सबै पक्षले सरोकारवाला निकायलाई सघाउनुपर्ने आवश्यकता देखिँदै गएको छ । प्रशासन तन्त्र जनताप्रति उत्तरदायी बन्न जरुरी छ । देशलाई भ्रष्टाचार मुक्त बनाई सुशासन कायम गर्ने हो भने निम्न कुरामा ध्यान दिनुपर्छ । जस्तै : राजनीतिक स्थिरता, स्वतन्त्र न्यायपालिका, दिगो विकास, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वको पालना आदि ।
नेपालमा बढ्दो भ्रष्टाचार, पारदर्शिताको कमी, जवाफदेहिता र उत्तरदायित्वको अभावले गर्दा मुलुकले विकासको गति लिन सकेको छैन । यी विविध कारणले गर्दा भ्रष्टाचारलाई मलजल पुगेको छ । सुशासनको बाधक भनेको भ्रष्टाचार हो । भ्रष्टाचार भनेको प्राणघातक रोग जस्तै हो यसलाई मौलाउन दिनुहुँदैन । यसको सही समयमा उपचार गरिएन भने जे पनि हुनसक्छ । यद्यपि समाजमा गहिरो रूपमा जरा गाडेर बसेको भ्रष्टाचार जरैदेखि उखेल्न सक्यौं भने सुशासन कायम गर्न सकिने देखिन्छ ।
सरकारको एकल प्रयासले सम्भव देखिएन यसका लागि सामूहिक प्रयास जरुरी छ । देशमा भ्रष्टाचारका कारण आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्रमा नकारात्मक असर परिरहेको छ । भ्रष्टाचार सार्वजनिक क्षेत्रमा मात्रै नभई निजी क्षेत्रमा पनि मौलाउँदै गएको छ । किनभने उनीहरूको नै यसमा मिलेमतो हुन्छ । निजी क्षेत्रले घुस खुवाएर भ्रष्टाचारलाई बढावा दिएका छन् । भ्रष्टाचारले समग्र राष्ट्रलाई आर्थिक रूपमा कमजोर बनाउँछ । किनभने राष्ट्रको ढुकुटीमा जम्मा हुनुपर्ने राजस्व कुनै व्यक्तिका नाममा जम्मा हुँदा देशको अर्थतन्त्र खोक्रो बन्दै जानु स्वाभाविकै हो ।
यसर्थ भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्नु वर्तमान समयको माग हो । भ्रष्टाचारले मुलुकको समग्र विकासको गति रोक्ने गर्दछ । सरकारले विकास, समृद्धि र सुशासनका कुरा मात्र गरेर हुँदैन, अब एक्सनमा जान जरुरी छ । वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विकास र सुशासनका कुरा त गरिरहेको छ, व्यवहारमा कार्यान्वयन अझै देखिएको छैन । ४८ सालदेखि यताका सबै भ्रष्टचारीलाई समाउने आँट सरकारले गर्नुपर्छ । सरकार तीव्र आर्थिक विकासका कुरा गरिरहेको छ तर देशको अर्थतन्त्र नै टाट पल्टिएको अवस्था छ ।
नेपालको विकास भनेकै गाउँको विकास हो । गाउँगाउँमा सिंहदरबार भनिएको छ तर गाउँगाउँका युवायुवतीहरू सबै विदेश पलायन छन् । यो ठूलो समस्या हो । गाउँको विकास नै आजको आवश्यकता हो । हाम्रा गाउँ अझै अशिक्षा, अभाव र असुविधाले ग्रस्त छन् । अब हामी विकास र समृद्धिको मार्गचित्रमा जोडिनुपर्छ । सबैभन्दा सुरुमा गाउँको विकास गरौं । गाउँमा सडक, विद्युत्, खानेपानी, रोजगारी, निर्यातमुखी कृषि, आधुनिक पशुपालन, कृषिमा आधारित उद्योगको स्थापना, पर्यटनलगायत क्षेत्रमा व्यापक लगानी र कामको जरुरी छ । यी क्षेत्रको विकास नभई गाउँको विकास सम्भव छैन ।
विकास र समृद्धिका लागि दक्ष जनशक्तिको आवश्यकता पनि छ । दक्ष जनशक्तिविना पनि विकास र समृद्धिको कल्पना गर्न सकिँदैन । गाउँमा युवा जनशक्ति नै छैन । यो विडम्बना हो । राज्यले युवाका बारेमा सोच्नुपर्छ । युवाका बारेमा गाउँमा केही आयआर्जनका अवसर सिर्जना गर्ने खालको कार्यक्रम राज्यले निर्माण गर्नुपर्छ । देशमा भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचार रोक्ने काममा सरकार लाग्नुपर्छ । भ्रष्टाचार नरोकिएसम्म सुशासनका कुरा व्यर्थ हुनेछन् ।
विकास र समृद्धिका लागि दक्ष जनशक्तिको आवश्यकता छ । दक्ष जनशक्तिविना पनि विकास र समृद्धिको कल्पना गर्न सकिँदैन । गाउँमा युवा जनशक्ति नै छैन । यो विडम्बना हो । राज्यले युवाका बारेमा सोच्नुपर्छ ।
सुशासन भनेको विधिको शासन हो । विधिको शासन अनुसार मुलुक चलेको छ कि छैन ? त्यसमा धेरै कुराको अर्थ हुन्छ । अहिले सरकारका सामु सुशासनका बारेमा प्रश्न उठ्ने पनि गरेका छन् । सरकारले कसरी हेर्छ, त्यो आफ्नो ठाउँमा रहेको छ । मुलुकले विकास र समृद्धि चाहेको छ । लोकतन्त्रमा जनताले चाहेको कुरा धेरै हो, तर केही पाउन सकिरहेका छैनन् । लोकतन्त्रमा नेता धनी, जनता गरिब हुँदै गएका छन् । हामीले कस्तो खालको लोकतन्त्रको अवलम्बन गरिरहेका छौं ? बहस गर्नुपर्ने आवश्यकता देखिएको छ । देशमा राजनीतिक परिवर्तन भए, व्यवस्था बदलिए, पालैपालो राजनीतिक दलहरूले शासन पनि चलाए, तर जनताको जीवनस्तर जहाँको त्यहीँ छ ।
यसभन्दा दुःख लाग्दो कुरा अरु के हुन्छ ? राजनीतिक परिवर्तनमात्र नेपाली जनताको चाहना होइन, जनताको चाहना भनेको विकास र आर्थिक समृद्धिको हो । मुलुकको विकासका लागि सबै मिलेर लाग्नुपर्ने आवश्यकता देखिएको छ । अब सरकारको ध्यान विकास निर्माणमा केन्द्रित हुनु जरुरी छ । विकास र समृद्धि मुखले बोलेरमात्र हुँदैन, काम गरेर देखाउनुपर्छ । सरकारसँग इच्छा शक्ति हुने हो भने देशको विकास हुने सम्भावना देखिन्छ । सरकारसँग राज्यको ढुकुटी छ । राज्यको ढुकुटीलाई अनावश्यक खर्च नगरी देश विकासमा लगाउने सोच सरकारसँग हुनुपर्छ ।
देशमा प्राकृतिक स्रोतसाधन पर्याप्त मात्रामा छन् । तिनीहरूको सही सदुपयोग गरी परिचालन गर्ने हो भने देशको उन्नति-प्रगति गर्न सकिन्छ । जनताले यो सरकारबाट विकास र समृद्धिको आश गरेका छन् । तर सरकारले जुन गतिका साथ काम गर्नुपर्ने हो गर्न सकिरहेको छैन । यथार्थ कुरा यो हो । अझै थुप्रै समय छ । सरकारले गतिका साथ काम गर्ने हो भने विकास र समृद्धि पाँच वर्षको कार्यकालभित्र नै सम्भव देखिन्छ । विकास र सुशासन नै लोकतन्त्रको मर्म हो । देश विकास हुनु आजको आवश्यकता हो ।
देशमा गणतन्त्र आएपछि विकासको मूल फुट्छ भन्ने जनतामा एक प्रकारको आश थियो तर त्यो आश यतिखेर आएर निराशामा बदलिएको छ । अहिले देशमा स्थानीय, प्रदेश र केन्द्रको गरी तीन तहको सरकार छ । अब त विकास हुन्छ कि भन्ने जनतामा आश छ तर हालसम्म पनि देश र जनताका समस्या ज्यूँका त्यूँ छन् । कुनै पनि मुलुकको विकास हुन दूरदर्शी नेताको खाँचो हुन्छ । जब सत्तामा विकासको मार्गचित्र कोर्न सक्ने राजनेता पुग्छ तबमात्र देशको विकास र समृद्धि हुन्छ । सबै इमानदारीका साथकाम गर्ने हो भने कहाँ असम्भव छ ?
विकसित देशहरू त्यसै विकसित भएका होइनन्, ती देशका जनता, शासक र नेताहरू इमानदार भएको कारण विकास सम्भव भएको हो । लोभी पापीहरूले देशको विकास गर्न सक्दैनन् । देशको विकास गर्न ठूलो छाती बनाएर अघि बढ्नुपर्छ । देशमा विधिको शासन चलाउनुपर्छ । सुशासनका कुरामात्र गरेर सुशासन आउँदैन । सुशासनका लागि भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ । अनिमात्र नेपाल सुशासनयुक्त मलुकमा दर्ज हुन्छ र यहाँको विकास हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच