नितेशजंगले माग्नुभयो प्रशंसकसँग माफी

Read Time = 5 mins

काठमाडौं । गायक नितेशजंग कुँवरले दुई वर्षअघि आफू नेपाली संगीत क्षेत्रबाट टाढिन खोजेको बताउनुभएको थियो । एकहिसाबले सन्यास नै लिन खोजेको मनस्थितिको स्टाटस लेखेपछि उहाँका प्रशसंक अचम्मित बनेका थिए ।

त्यो समयमा नितेशले सन्यास लिन खोजेको कुनै कारण भने बताउनुभएको थिएन । यस वर्ष भने उनले आफ्नै शब्द र स्वरमा केही अंग्रेजी गीतहरू सार्वजनिक गर्नुभयो । यसैबीच, नितेशले सोमबार साँझ आफ्नो आधिकारिक फेसबुक पेजमा अंग्रेजीमा विज्ञप्ति जारी गर्दै आफूले त्यो समयमा लिएको निर्णय, आफू र दर्शकबीच भएको गलत बुझाइदेखि आफ्नो त्यो निर्णयबाट पछि हटेको आशय व्यक्त गर्नुभएको छ ।

आफूभित्र भएको सबै इमानदारीता जम्मा गरेर यो ‘कन्फेसन’ गरेको बताउँदै नितेशले लेख्नुभएको छ, ‘आज, मैले आफूभित्र भएको सबै इमानदारीतालाई जम्मा गरेर तपाईंसामु यो भन्न सकिरहेको छु । सधैँ धेरै भावनाहरूबाट सञ्चालित भएँ, सामाजिक सञ्जालमा जे पनि पोष्ट गर्ने मेरो एउटा बानी नै भइसकेको थियो । साथीहरू र केही आफन्तहरू र समर्थकहरूले पनि सम्झाएका थिए । तर यही कुरा मेरी आमाबाट नआएसम्म मैले सबैलाई बेवास्ता गरिरहेको थिएँ ।’

गायक नितेशले अब भने सबैकुरा आफ्ना समर्थकबीच ल्याउने सही समय भएको भन्दै आफ्नो कन्फेसन र दर्शकको बुझाइको तालमेल नमिलेको बताउनुभयो । आफूले दुई वर्षअघि गरेको कन्फेसनबारे उहाँ अघि लेख्नुहुन्छ, ‘मैले दुई वर्षअघि गरेको पोष्टबारे तपाईंहरू धेरैजना जानकार हुनुहुनछ नै होला । उक्त पोष्टमा मेरो नेपाली म्युजिक यात्रा केही परिवर्तनका लागि समाप्त हुँदैछ भनेर भनिएको थियो ।
तर उक्त पोष्टपछि धेरैले मलाई प्रश्न गरे र म अनि मेरो दर्शकबीच विचारमा भेद पनि सिर्जना ग¥यो । मैले संगीत यात्रा छोड्न लागेको भन्ने कुरा बिलकुलै गलत थियो । म अझै बृहत् चाहन्थेँ । त्यो त्यही समय थियो जब मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणा मेरो बुबालाई गुमाएँ । त्यो क्षण मेरो परिवारका लागि निकै दुःखद् थियो ।’

तर, समयसँगै सबै घाउ भरिने भन्दै आफ्नो प्रशंसक र इमानदार समर्थकसँग माफी माग्ने समय आएको नितेशले महसुस गर्नुभएको छ । उहाँले अघि लेख्नुभएको छ, ‘मैले कुनै समय अञ्जानमा मेरा समर्थकलाई निराश बनाएकोमा क्षमा माग्न चाहन्छु । मैले मेरो पाठ सिकिसकेको छु । मञ्चमा प्रस्तुति नदिकनै वर्षौं बितिसकेको छ । मलाई विश्वास छ समय आइसकेको छ । मञ्च चढ्नुअघि जसरी आफ्नो सादर व्यक्त गर्छ, ठीक त्यसैगरी म पनि मलाई म बनाउने सबै मेरा आफ्नालाई सादर गर्न चाहन्छु । एक दिन, हामी हाम्रो संगीत र सन्देश पूरा विश्वसामु फैलाउने छौं । तर, त्यो भन्दा अघि म तपाईंहरूलाई जानकारी दिन चाहन्छु कि म मेरो आफ्नोका लागि पहिला गाउँछु । कुन भाषा, कुन जनरा र कुन देश त्यसले फरक पर्दैन । एकताले मात्रै महत्व राख्छ ।’

नितेशले अन्त्यमा यो विज्ञप्तिमार्फत अहिलेसम्म उत्तरित र अनुत्तरित सबै प्रश्नहरूको जवाफ दिएको भन्दै पुरानो पृष्ठलाई बन्द गर्न आग्रह पनि गर्नुभएको छ । तिनेशका ‘फ्ल्र्टि माया, आशमा, गेडै जस्तो जिन्दगी, हाम्रो नेपालमा’ हिट गीत हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?