बझाङकाे दुर्गाथली गाउँपालिकाको प्रशासकीय भवन सिलान्यास

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । दुर्गाथली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार सिलान्यास गरिएको छ । शुक्रवार गाउँपालिकाको प्रशासकीय भवनको सिलान्यास गरिएको दुर्गाथली गाउँपालिकाले जनाएको छ ।

२०७४ सालदेखी भाडाको भवनमा रहेर पालिकाको प्रशासकीय कामकाज हुँदै आएको र पालिकाले आफ्नै भवनबाट सेवा दिने उद्देश्यले पालिकाको प्रशासकीय भवन निर्माणको काम थालिएको दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिनुभयो । यसअघि दुर्गाथली गाउँपालिका साविकको चौधारी गाविसको भवन र केही भाडाको भवनबाट सेवा दिइरहेको थियो ।

आफ्नो कार्यकालभित्रै पालिकाको प्रशासकीय भवन निर्माण गरी गाउँपालिकाले सेवा दिने योजना रहेको अध्यक्ष थापाले बताउनुभयो । सानो भवनबाट सेवा दिनुपर्दा पालिकामा आउने सेवाग्राहीलाई समस्या हुने गरेका कारण छिट्टै पालिकाको भवननिर्माण गरी पालिकाले नयाँ भवनबाट सेवा दिनेगरी निर्माण काम थालिने अध्यक्ष थापाले दावि गर्नुभएको छ ।

हालसम्म जिल्लाको जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, तलकोट, खप्तडछान्ना, थलारा, छविस पाथिभेरा, र वित्थडचिर गाउँपालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा दिइरहेका छन् । साइपाल, सुर्मा, दुर्गाथली, केदारस्यूँ गाउँपालिका र बुंगल नगरपालिकाले भने हालसम्म आफ्नै प्रशसकीय भवन निमार्ण गर्न सकेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?