म्याग्दीमा पर्यटक बोकेको बस दुर्घटना, केही घाइते

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 1 min

बागलुङ । म्याग्दीको अन्नपूर्णमा पर्यटक सवार सब दुर्घटनामा परेको छ ।

शुक्रबार काठमाडौँदेखि पर्यटक लिएर मुस्ताङ हिँडेको बा ३ ख ९६४७ नम्बरको बस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइतेको अवस्था सामान्य रहेको प्रत्यक्षदर्शी अमृत बास्कुनेले बताउनुभयो । बस साढे ९ बजे दुर्घटनामा परेको र घाइतेको अवस्था सामान्य रहेको बास्कुनेको भनाइ छ । घाइते चारै जनालाई म्याग्दी अस्पताल बेनी पठाइएको उहाँको भनाइ छ ।

२१ जना यात्रु, दुई चालक सहचालक गरि बसमा २३ जना सवार रहेका थिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार गरिरहेको छ । अन्य यात्रु सकुशल रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?