शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार १०० वर्षीय राधादेवी जोशीको शनिबार बिहान ५ बजेर १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो ।

श्वासप्रश्वासका कारण दुई साताअघि उहाँलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। सत्यमोहन जोशीको पनि केही समयअघि निधन भएको थियो ।

गत वर्षको असोजमा जोशीको सोही अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त शरीर दानको घोषणा गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?