कालीकोट । कालीकोटको रास्कोट नगरपालिका वडा नम्बर–३ को वडा कार्यालय भवन दुई पटक शिलान्यास गरिएको छ ।
अघिल्लो सरकारको पालामा शिलान्यास भएको वडा कार्यालय भवन सोमबार पुनः रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले शिलान्यास गर्नुभएको हो ।
वडा कार्यालयको भवनकै बिषयलाई लिएर लामो समयदेखि दुई समुदायबीच विवाद हुँदै आएपछि वडा कार्यालयको भवन बन्न सकेकोे थिएँन । वडा नम्बर–३ को कोलिगाँउ र माथिल्लो कोलिगाँउ हुँदै साकाटियामा बस्तिका समुदाय दुई वडाको बिषयलाई नै लिएर दुई समुहमा विभाजित भएका छन् ।
वडा नम्बर–३ का पूर्व अध्यक्ष देउसिङ्गे कुमालले दुई बस्तिकोबीचमा माथिल्लो कोलिगाँउमा जग्गा खरिद गरेर भवन निर्माण गर्न पहल भएको थियो । तर भवनको ठेक्का नहुँदैै अघिल्लो सरकारको कार्यकाल सकिएको थियो ।
अहिले नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा अध्यक्षमा विजयी भएका राजेन्द्रनाथ योगीले अघिल्लो सरकारको पालमा वडा कार्यालयको भवन बनाउन तोकिएको ठाउँ पायक नपरेको भन्दै तल्लो कोलिगाँउमा वडाको भवन निर्माणका लागि जग्गा खरिद गरेपछि समुदायबीच विवाद सृजना भएको थियो ।
समुदायबीचको विवाद कायमै रहँदा पनि सोमबार भने नगरपालिकाका प्रमुख धर्मराज शाही, प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम र वडा अध्यक्ष लगायतको उपस्तिथिमा पूर्वडाअध्यक्ष कुमालले खरिद गरेको जग्गामा वडा कार्यालयको भवन शिलान्यास गरिएको छ ।
अघिल्लो सरकारकारको पालामा रास्कोट नगरपालिका–६ र ९ मा भवन निर्माण भइसकेका छन् । अहिले वडा नम्बर–१, २, ४, ७ र ८ को भवन निर्माणको काम सञ्चालन भइरहेको छ । तर, ३ नम्बर वडाको वडा कार्यालय भवन निर्माण समुदाय विभाजित भएपछि कुन ठाउँको जग्गामा निर्माण गर्ने भनेर अलमलमा परेका थिए ।
हालका वडाअध्यक्ष राजेन्द्रनाथ योगीले तल्लो कोलिगाँउमा वडा कार्यालय शिलान्यास गर्नुभएको थिया भने सोमबार पुनः नगर प्रमुख धर्मराज शाही पोषणले कुमालबाडामा वडा कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।
नगरपालिकाका प्रमुख धर्मराज शाहीले अघिल्लो सरकारले जग्गा समेत प्राप्त गरिसकेको अबस्थामा पुनः जग्गा कित्ता काट गरेर विवाद सिर्जना गर्ने काम गलत भएको भन्दै अब भवन बहुमत भएको र पायक पर्ने र पूर्व अध्यक्ष हुँदा खरिद गरेको जग्गामा भवन बन्नुपर्ने अडान राख्दै निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच