काठमाडौं । नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम भन्ने नाराका साथ नयाँ वर्ष २०८० का अवसरमा शनिबार काठमाडौंको दरबारमार्गमा आयोजित एनसेल प्रिजेन्ट्स १६औँ दरबारमार्ग सडक महोत्सव- पर्पल स्याटर्डे सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)ले एनसेलसँग महासंघको विशेष सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ, दरबारमार्ग विकास बोर्ड र रेबान पदाधिकारीले संयुक्तरूपमा महोत्सव उद्घाटन गरेका थिए ।
आन्तरिक पर्यटन प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा सहयोग गर्ने महोत्सवको मूल उद्देश्य रहेको थियो । एक लाख ५० हजारभन्दा बढीको सहभागिता रहेको महोत्सवमा विभिन्न गायक-गायिका, कलाकार तथा सांगीतिक समूहको प्रस्तुतिसमेत रहेको थियो । महोत्सवमा शारीरिकरूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकला र महिला उद्यमीसहित हस्तकला उद्यमीबाट उत्पादित वस्तु पनि प्रदर्शनीमा राखिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच