‘फस्दै गएछु…’ भन्दै सुमन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुमन केसीको स्वरको रहेको गीत ‘फस्दै गएछु...’ सार्वजनिक भएको छ । डिपी खनालका शब्द, देवेन्द्र बरालको संगीत र पुष्कर सुनुवार संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिशिर खातीको निर्देशन र प्रशान्त मगरको कोरियोग्राफी रहेको भिडियोमा किड्स क्यापिटल नेपाल २०२३ का विजेता दिप्शन चिलुवाल तथा किड्स क्यापिटल नेपाल २०२२ की पब्लिक च्वाइस अवार्ड विजेता आश्रिया थापाको छ । यो उहाँहरू दुवैको डेब्यु अभिनय हो ।

गीतको भिडियो दिप्शनको जन्मोत्सवको अवसर पारेर काठमाडौंमा प्रीमियर गरिएको थियो । प्रीमियर शोमा भिडियो अवलोकनपछि काठमाडौं यूरो स्कुलका निर्देशक तथा प्रिन्सिपल डा.दीपक गुप्ता तथा लिटल पेगासस मन्टेश्वरीका प्रिन्सिपल युरल पाण्डेले बाल मनोविज्ञानमा आधारित विषयवस्तु समेटिएको भिडियो निकै प्रभावकारी रहेको प्रतिक्रिया दिनुभयो ।

कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा अतिथिको रूपमा सहभागि नृत्य निर्देशक कृष्ण विक, अभिनेता श्रीदेव भट्टराई, कलाकार गोपाल ढकाल, निर्देशक रोशन श्रेष्ठले पनि भिडियोमा बाल कलाकारद्वय दिप्शन तथा आश्रियाको अभिनयको प्रशंसा गर्नुभएको थियो ।

आधुनिक शैलीको यो गीतको भिडियोमा अभिनेता एसराज गराच तथा अभिनेत्री साक्षी लम्सालको पनि अभिनय छ । फ्ल्याग अन मोशन पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा संकल भुजेलको छायांकन छ । भिडियोलाई दीपेन्द्र चिलुवाल र सजना केसीले निर्माण गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?