भूगोल इनर्जीको आइपीओ बाँडफाँट

Read Time = 1 min

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।

गोलाप्रथामार्फत  सर्वसाधारणले यसमा कुल १ लाख ३४ हजार ६९९ जना आवेदकले सेयर पाएका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।

भूगोल इनर्जीको आइपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ लाख ४ हजार ८५५ जनाको आवेदन भने रद्द भएको छ ।

कम्पनीले १३ लाख ४६ हजार ९९३ आइपीओ बिक्री गरेको थियो । कम्पनीले चैत २३ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि उक्त आइपीओ बिक्री खुला गरेको थियो ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार लगानीकर्ताले वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, भूगोल इनर्जीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?