एनआइसीका १० स्थान क्यास डिपोजिट मेसिन

Read Time = 2 mins

काठमाडौ । एनआइसी एसिया बैंकले विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको विशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस थापाथली शाखा, रूपन्देहीको बुटवल शाखा, कास्कीको महेन्द्रपुल शाखा, कैलालीको धनगढी चौराहा शाखा, मोरङको विराटनगर शाखा र पर्साको वीरगञ्ज शाखामा सिडिएम सञ्चालनमा ल्याएको हो ।

क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केवल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिन्छ । मेसिनबाट बैंकको खातामा बैंकिङ समयभित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ ।

खाता नम्बर र मोबाइल नम्बरका आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा पाँच सय र एक हजार दरका नोट गरी एकपटकमा अधिकतम् ९९ हजार पाँच सय र दैनिक अधिकतम् नौ लाख ९९ हजार पाँच सयसम्म नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

रकम जम्मा प्रक्रिया थप सुरक्षित बनाउने उद्देश्यअनुसार बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि बचतकर्ताको मोबाइलमा अस्थायी पासवर्ड प्राप्त हुनेछ । बचतकर्ताले उक्त पासवर्ड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अघि बढ्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?