उमेर पुगेर विवाह गर्ने दलित समुदायका महिलालाई वडा सरकाद्धारा १० हजार नगद

हिमालय टाइम्स
Read Time = 2 mins

-मानबहादुर बिश्वकर्मा

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर-१ मा रहेका दलित समुदायका महिलाले उमेर पुगेर विवाह गरेमा वडा सरकारले १० हजार नगद दिने भएको छ । आर्थिक वर्ष २०७९/०८० मा बालविवाह न्युनिकरण गर्न वडाले यस्तो निर्णय गरेको हो ।

बालविवाह विरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको अध्यक्षता, खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीको प्रमुख आथित्यतामा भएको एक कार्यक्रममा वडाध्यक्ष धर्मराज ताम्राकारले दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई १० हजार नगद दिने निर्णय वडाले गरेको बताउनुभयो ।

खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधिसँग बालविवाह न्युनिकरणका लागि गरिएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाकाले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको सहभागि प्रतिनिधिले बताए । बालविवाह न्युनिकरणका लागि सबै सरोकारवाला सबै निकायले पहल गनुपर्नेमा जोड दिइएको छ ।

विशेष गरी बिद्यालय स्तरमा र मानिस भेला भएको ठाउँमा बालविवाहबारे चेतना जगाउनु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिए ।

बालविवाह विरुद्धको साझा अभियान कालीकोटले जिल्लामा बालविवाह न्युनिकरणका क्षेत्रमा बिगत लामो सयम देखि काम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?