पाकिस्तानी अभिनेताले विमानमा बम राखेको दाबी गरे पछि सिडनीमा तनाब

हिमालय टाइम्स
Read Time = 2 mins

सिड्नी । मलेसिया एयरलाइन्सको विमानमा यात्रा गर्दा आफ्नो झोलामा बम राखेको झूटो दाबी गर्ने पाकिस्तानी मूलका एक व्यक्तिलाई अष्ट्रेलिया यात्रा महगो परेको छ ।

गत सोमबार विमानमा बम भएको हल्ला फैलिए पछि त्यहाँ हंगामा मच्चिएको थियो तर उक्त व्यक्तिको दाबी पछि झुटो सावित भएको थियो । यसै क्रममा अष्ट्रेलियाका अधिकारीहरूले पाकिस्तानी मूलका ती व्यक्तिलाई पक्राउ गरेका छन् । अभियुक्तको पहिचान पूर्व पाकिस्तानी मोडल तथा अभिनेता मुहम्मद आरिफको रूपमा भएको थियो। यो घटना पछि सार्बजनिक भएको हो ।

मिडिया रिपोर्टका अनुसार सोमबार ४५ वर्षीय आरिफले सिड्नीबाट क्वालालम्पुरका लागि मलेशिया एयरलाइन्सको उडानमा आफ्नो झोलामा ‘विस्फोटक’ रहेको दाबी गरेका थिए । त्यसपछि उनी पनि विमानको करिडोरमा उभिएर धार्मिक कुरा गर्न थाले ।

यो घटनाको भिडियो भाइरल भएको छ । जसमा उक्त व्यक्ति विमानको गल्लीमा प्रार्थना गरिरहेको र अल्लाहप्रति वफादारीको बारेमा बारम्बार मानिससँग कुरा गरिरहेको देखिएको छ । अष्ट्रेलियाली प्रहरीले आरोपितले धम्कीपूर्ण बयान दिए पछि र आरिफलाई हिरासतमा लिएर उडान सिड्नी फर्कनुपर्ने बताएको छ।

मिडिया रिपोर्टका अनुसार आरिफका वकिल मुस्तफा दाउदीले उनका ग्राहकलाई गम्भीर मानसिक समस्या रहेको र घटनाको समयमा उनको मानसिक अवस्था ठीक नभएको बताएका छन् । सन् २००२ मा प्रसिद्ध पाकिस्तानी गायक अबरार उल हकको गीत ‘प्रीतो’ को म्युजिक भिडियोमा मोहम्मद आरिफ देखा परेको मिडिया रिपोर्टले दाबी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?