काठमाडौं । अहिंसा, शान्ति, सामाजिक न्याय, समुदायकाबीच सद्भाव र लोकतान्त्रिक आन्दोलनका अथक अभियन्ता महेन्द्रनारायण निधिको २५औं स्मृति सभा सम्पन्न भएको छ । धनुषाको नगराइनमा विसं १९७९ मा जन्मी नेपालेको लोकतान्त्रिक आन्दोलनमा ००७ देखि नै क्रियाशील निधिको विसं २०५६ वैशाख २० मा पार्थिव अवशान भएको थियो । उहाँ ००७ को क्रान्तिमा महोत्तरी क्षेत्रको प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
०१७ पछि उहाँले विदेशी भूमिलाई राजनीतिको आधार बनाउने र हिंसात्मक आन्दोलन गर्ने कुनै पनि नीतिका विरुद्ध आफूलाई उभ्याउनु भएको थियो । कृष्णप्रसाद भट्टराई, रामहरि जोशीहरू पनि यही मार्गमा दृढ रहनु भएको थियो । भट्टराई त यही नीतिका पक्षमा रहेकै कारण सबैभन्दा बढी समय जेल बस्नु भएको थियो ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको आयोजनामा महेन्द्रनारायण निधि स्मृति अस्पताल परिसर बसुन्धारामा बुधबार एक कार्यक्रम गरी निधिप्रति श्रद्धा समर्पण गरियो । प्रतिष्ठानका कार्यवाहक सभापति तथा उपसभापति शालीग्राम मिश्रको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष प्रा.पुरुषोत्तम दाहाल, म.ना.नि. अस्पतालका अध्यक्ष कृष्ण वस्ती, महिला संघकी केन्द्रीय सदस्य निनु कर्ण, चलचित्र श्रमिक संघकी उपसभापति पवित्रा पोख्रेल, प्रतिष्ठानका कोषाध्यक्ष कमलप्रसाद ढकाल, प्रतिष्ठानका सदस्य विनोद अधिकारी, कृष्ण अधिकारी, मनोज कर्ण, रोयल बहुद्देश्यीय सहकारीका कार्यकारी सीताराम काफ्ले, महिला नेतृहरू यशोदा बुढाथोकी, स्मृति अधिकारी, अस्पतालका अधिकृत अनिल जिसी, नेपाली कांग्रेस ओखलढुंगा-काठमाडौं सम्पर्क समितिका सदस्य सुगम सुनुवार (सुमन) आदिले निधिजीको स्मारकमा श्रद्धाञ्जलि प्रकट गर्नुभएको थियो ।
स्मरणीय छ चुरेभन्दा माथि कुनै पनि मधेसी समुदायबाट राष्ट्रिय नेतृत्वमा आएको नेताको वा कवि, साहित्यकार कलाकारको स्मारक यसअघि बनेको थिएन । राजधानीमा स्थापित निधिजीको समारक नै पहिलो हो ।
चितवनमा निधिको सम्झना
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान चितवन शाखाले पनि निधिको स्मृति सम्मानमा एक अन्तक्रिया कार्यक्रमको आयोजन ग¥यो । शाखाका सभापति एवं उद्धवबहादुर लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चितवनका वरिष्ठ राजनीतिक नेताहरू सहभागी हुनुभएको थियो ।
सम्पन्न उपनिर्वाचनको परिणाम र नेपाली कांग्रेस भन्ने विषयमा प्रमुख अतिथिको आशनबाट नेपाली कांग्रेस केन्द्रीय समितिका सदस्य टेकप्रसाद गुरुङले आठ दशकदेखि निरन्तर आफ्नो सिद्धान्त र आदर्शमा अविचलित पार्टी पंक्ति उपनिर्वाचनको परिणामवारे धेरै चिन्ता गर्नु नपरे पनि यो एउटा पाटका रूपमा लिने विषय भएको वताउनु भयो ।
कार्यक्रममा कांग्रेसका वयोवृद्ध नेता कृष्णलाल सापकोटाले पार्टीम विवेक र लोकतान्त्रिक संस्कृति हराउँदै गएको हुनाले आम नागरिकमा समेत आशंका उत्पन्न भएको विचार प्रकट गर्नुभयो । कार्यक्रममा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, पूर्वसभापति जीतनारायण श्रेष्ठ, प्रदेश सांसद विनु रायमाझी, महिला संघका जिलला अध्यक्ष पार्वती शाह, प्रजातान्त्रिक विचार समाजका डा.ईश्वरी लौडारीसहितका वक्ताहरूले आजको नेपाली लोकतान्त्रिक राजनीतिमा पूर्वजहरूको योगदानलाई स्थायी र चिरन्तन गराउने योजना बनाउनसके निधिजीको विचारको उचित सम्मान हुने विचार प्रकट गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच