गुल्मी । गुल्मीको तम्घासमा अवस्थित रेसुंगा माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती मनाएको छ ।
बिहीबार विद्यालयमा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले स्वर्ण जयन्तीको उद्घाटन गर्नुभएको हो ।
स्वर्ण जयन्तीको उद्घाटन गर्नुहुँदै नगरप्रमुख पन्थीले समुन्नतीको पहिलो आधार शिक्षा भएको बताउनुभयो । विद्यालयलाई स्वर्ण जयन्तीको अवसरमा शुभकामनासमेत व्यक्त गर्नुहुँदै उहाँले शिक्षामा रेसंगा नगरपालिकाले प्रशस्त लगानी गरेको उल्लेख गर्नुभयो ।
भौतिक विकासभन्दा असल मानवीय विकास ठूलो भएको उल्लेख गर्दै उहाँले शिक्षाको नाममा हुने मानवीय तथा आर्थिक पुँजी पलायनलाई रोक्न शैक्षिक गुणस्तर वृद्धि गर्न निकै महत्वका साथ अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।
विद्यालयले वैशाख ११ गतेसम्म विविध कार्यक्रमका साथ स्वर्ण जयन्ती मनाउन थालेको हो । विद्यालयका शिक्षक धना भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको स्वर्ण जयन्तीको अवसरमा विद्यालयको मुखपत्र ‘रेसुंगा ज्योति’ समेत नगरप्रमुख पन्थीले विमोचन गर्नुभयो ।
त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उद्घाटनको अवसरमा सम्मान कार्यक्रम, विविध सांस्कृति कार्यक्रम गरिएको थियो ।
स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयश्वर पन्थीको अध्यक्षता रहेको कार्यक्रममा रेसुंगा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक भागिरथ भण्डारीले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच