गर्मीमा तरबुजा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गर्मी भनेको तरबुजाको मौसम हो । यो मौसममा यो फल खाँदा शरीरमा पानी भरिन्छ र शरीरलाई हाइड्रेटेड राख्छ । तरबुजा खाँदा मात्र होइन यसलाई अनुहारमा लगाउँदा पनि उस्तै फाइदा पाइन्छ । तरबुजा मिठो र स्वादिष्ट जति छ शरीरलाई फाइदाजनक पनि त्यत्तिकै छ । तरबुजामा पानी, काब्रोहाइड्रेड र फाइबर भरपूरमात्रामा पाइन्छ । तरबुजाले शरीरमा भएको पानीको कमी पूरा गर्दछ ।

तरबुजामा पानी, काब्रोहाइड्रेड र फाइबर भरपूरमात्रामा पाइन्छ । तरबुजाले शरीरमा भएको पानीको कमी पूरा गर्दछ । तरबुजा आफैंमा पानीजस्तै हुने भएकाले तरबुजा खाँदा पानी नपिउन स्वास्थ्यविज्ञको सुझाव रहने गर्दछ । तरबुजामा रहेको सिट्रयुलाइनले मोटोपन घटाउनसमेत सहयोग गर्दछ । हाई यूरिक एसिडको समस्यालाई पनि तरबूजाले न्युनिकरण गर्न सहयोग गर्दछ ।

यसमा कोलेस्ट्रोल नहुने तथा आँखाका लागि पनि फाइदाजनक हुन्छ । तरबुजा आफैंमा पानीजस्तै हुने भएकाले तरबुजा खाँदा पानी नपिउन स्वास्थ्यविज्ञको सुझाव रहने गर्दछ । तरबुजामा रहेको सिट्रयुलाइनले मोटोपन घटाउनसमेत सहयोग गर्दछ । हाई यूरिक एसिडको समस्यालाई पनि तरबूजाले न्युनिकरण गर्न सहयोग गर्दछ ।

तरबुजाले छालाको पिग्मेन्टेसन कम गर्न र छाला गोरो बनाउन पनि सहयोग गर्दछ । साथै तरबुजाको प्रयोगले छालामा कोलाजेन बढाउनुका साथै चाउरी र फाइन लाइनहरू कम गर्न मद्दत गर्दछ ।

यस्तै, खरबुजामा प्रशस्त मात्रामा एल-सिट्रलिन नामक एमिनो एसिड पाइन्छ । एल-सिट्रलिन रुपान्तरण भएर एल-आर्गिनाइन र नाइट्रिक अक्समा परिणत भएपछि शरीरमा राम्रोसँग रक्त प्रवाह हुनलाई सहयोग गर्छ । नाइट्रिक अक्साइडले रक्तनलीहरूलाई खुकुलो बनाउन मद्दत गर्छ ।

शरीरमा नाइट्रिक अक्साइडको स्तर कम हुँदा मानसिक तथा शारीरिक थकान हुने तथा यौन दुर्बलता पैदा हुने हुन्छ । भियग्राले जस्तै खरबुजामा पाइने एल-सिट्रलिनले पनि यौनांगहरूमा रक्तप्रवाहलाई बढाइदिन्छ । रोचक कुरा के छ भने यसको कुनै नकारात्मक असर पनि हुँदैन । यौन क्षमता बढाउने हुनाले कतिपय विज्ञहरूले त खरबूजालाई प्राकृतिक भियग्राको संज्ञासमेत दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?