लागूऔषधसहित दुईजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर ।  बेलौरी नगरपालिका-६ विद्यानगरबाट लागूऔषधसहित २ जनालाई प्रहरी पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने १५ वर्षीय किशोरलाइ खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालयकाअनुसार से।७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?