भलिवलः नेपाल र बंगलादेश भिड्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र आयोजक बंगलादेशबीचको खेल साझ ४ बजे सुरु हुने बताइएको छ ।

नेपाल भलिबल संघ (एनभिए) ले गत आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाई गरेको थियो । प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको टोलीको कप्तानी ओपन स्पाइकर धिरोजकुमार बस्नेतले गर्नेछन् । यस अघि संंघले खुला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो ।

बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान रहेका छन् ।

नेपाली टोलीः

धिरोज कुमार बस्नेत (कप्तान) ओपन स्पाइकर
रवि केसी-ओपन स्पाइकर
सन्तोष खत्री- ओपन स्पाइकर
अर्जुन नेपाली- क्विक स्पाइकर
रुपबहादुर गुराउ- अलराउन्डर
बिष्णु बस्नेत- ओपन स्पाइकर
सफल बिक- क्विक स्पाइकर
सन्तोष महत्ता- क्विक स्पाइकर
हेमन्त मल्ल- अलराउन्डर
वेद प्रकाश जोशी- सेटर
सम्राट भण्डारी- सेटर
गौरब पाण्डे- लिबेरो
भिमराज गुरुङ- लिबेरो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?