मदनकृष्णले रक्तदान कार्यक्रम आयोजना गरेर मनाए जन्मदिन

Read Time = 1 min

काठमाडौं । अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मदिन रक्तदान कार्यक्रमको आयोजना गरेर मनाउनुभएको छ ।

आईतवार आफ्नो जन्मदिनको अवसरमा पाटन दरबार क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरी मनाउनुभएको हो । सो अवसरमा अग्रज कलाकार हरिवंश आचार्य, केदार घिमिरे, किरण केसी लगायतका कलाकारको उपस्थिति रहेको थियो । रक्तदान जीवनदान भन्ने नारासहित उहाँले आफ्नो जन्म दिन भव्यताका साथ मनाउनुभएको हो । अन्य वर्षहरुमा भन्दा यस पटक फरक तरिकाबाट जन्मदिन मनाएको उहाँले बताउनु भयो ।
जन्मदिनको अवसरमा राखिएको रक्तदान कार्यक्रममा कलाकारहरु र आम सर्वसाधारणहरुसमेत रक्तदानका लागि कार्यक्रम स्थल पुगेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?