ढाकामा विश्वरामलाई रजत पदक

हिमालय टाइम्स
Read Time = 1 min

ढाका । बंगलादेशमा जारी ५औँ आमन्त्रित बिकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालका विश्वराम कुँवरले रजत पदक जित्नुभएको छ । ढाकामा बुधबार १५ सय मिटर दौडमा चार मिनेट ३०.१५ सेकेण्डको समय निकाल्दै विश्वरामले रजत पदक हात पार्नुभएको हो । यसअघि मंगलबार नेपालकी सीमा श्रेष्ठले कास्य पदक जित्नुभएको थियो ।

महिला हाइजम्पमा सीमाले १.३२ मिटर उचाइ जम्प गर्दै कास्य पदक जित्नुभएको हो । प्रतियोगितामा नेपालका सातजना यू-१७ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालका चार पुरुष र तीन महिला खेलाडीले सहभागिता जनाएको एथलेटिक्स परिवार नेपालले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?