नशारहित समाजलाई हिमालयनको सहयोग

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले ललितपुरको हाडीगाउँस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले उक्त रकम एक समारोहबीच संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गर्नुभएको हो ।

देशका युवाहरू रक्सी तथा विभिन्न लागूपदार्थको कुलतमा फस्ने गरेका छन् । त्यतिमात्र नभई कुलतले उनीहरूलाई समाजमा विभिन्न अपराधमा पनि फसाइरहेको अवस्था छ । सोही समस्याबाट मुक्ति दिन संस्थाले स्थापनाकालदेखि काम गर्दै आएको छ । हाल संस्थाले करिब सयजनालाई एकदमै न्यूनतम खर्चमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?