धादिङमा भरपर्दो र दीर्घकालिन पोस्टमार्टमका अस्पताल अभाव

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 7 mins

धादिङ । संघीय राजधानीसँग जोडिएको धादिङमा पोस्टमार्टमका लागि तीन वटा मात्र अस्पतालहरु रहेका छन् । देशको राजधानीसँग जोडिएको र मुख्य राजमार्गले छोएको भएपनि धादिङमा भरपर्दो दीर्घकालिन रुपमा पोस्टमार्टमका अस्पताल भने छैन ।

राजधानीसँग जोडिएको धादिङ जिल्लालाई नेपाल सरकारले स्थानीय तह पुर्नसंरचना प्रस्ताव २०७३ मा १३ वटा स्थानीय तहमा घोषणा गरे । जस अनुसार ११ वटा गाउँपालिका २ दुई नगरपालिका रहेका छन् । जसअनुसार १३ वटै स्थानीय तहहरुमा अस्पताल, स्वास्थ्य चौकी छन् तर सबै भगवानकाे भरोसा जस्तो छ ।

केही जटिल प्रकारका विरामीहरु आए भने धादिङका कुनै पनि स्वास्थ्य चौकी अस्पतालहरु विरामीको उपचार गर्न सक्दैन् सिधै काठमाडौ रिफर गरिदिने गरेको छ । जसका कारण हो । अनुभवी र दक्ष जनशक्तिको कमी, गुणस्तरीय स्रोत साधनको अभाव । धादिङ अस्पताल एक मात्र सरकारी अस्पताल जहाँ ५० वेडको शैया अस्पताल छ । धादिङमा तीन वटा अस्पतालमा पोस्टमार्टमको व्यवस्था छ ।

यी अस्पतालमाहरुमा शवगृह पनि छन् । तर यी शवगृहमा राखिएका फ्रिज मर्मत नै छैन भन्दा फरक नपर्ला । धादिङ अस्पतालका शवगृहमा भएको डि फ्रिज त छन् तर भने जस्तो भर पर्दो छैन् । कुनै समय सम्म १ महिना भन्दा बढी शव राख्नु पर्यो भने समस्या आउने गरेको छ । धादिङ्गमा गजुरी प्राथमिक स्वाथ्य केन्द्र सहित जिल्ला अस्पताल धादिङमा र सल्यानटार स्थित स्वास्थ्य केन्द्रमा त शवगृहमा त फ्रिज र दक्ष जनशक्ति पनि छैन ।

गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा शवगृहमा राखिएका फ्रिजले झनै काम नै नगर्ने अवस्थामा छ । यस्तै सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा भने यो सुविधा नै छैन् । पृथ्वीराजमार्गमा दैनिक जसो साना तथा ठुला सवारी दुर्घटना हुने गरेको छ । कतिपय दुर्घटनामा ज्यान नै जान्छ । दुर्घटनामा परेर घाइते भएकाहरुका लागि तत्काल उपचारको लागि राजमार्ग छेउछाउमा भरपर्दो अस्पताल सामान्य प्राथमिक उपचार पश्चात काठमाडौं रिफर गरिन्छ । झन् ज्यान गुमाएकाहरुलाई राख्ने ठाउँको फ्रिजको अवस्था भने त्यतिकै नाजुक छ ।

फ्रिजकै कारणले शवबाट गन्ध आउने जस्ता समस्या हुने गरेको छ । गत बैशाख ६ गते गजुरी नजिकै स्कुटर र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक गोरखा ६ का लक्ष्मण बाँनियाको घटनास्थलमै ज्यान गयो । प्रहरीले उपचारका लागि नजिकैको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा पुरायो तर चिकित्सकले मृत घोषणा गरे । मृतकका बुवा भारतमा रहेकाले आउन समय लाग्ने भएपछि शवलाई स्वास्थ्य केन्द्रकै शवगृहमा राखियो । तर दुई दिन नहुँदै शवबाट गन्ध आउन थाल्यो । अस्पताल वरीपरी जान नसक्ने अवस्था भयो । अस्पतालमा गन्ध आउन थाल्यो । तर पनि अस्पताल मौन भए । यतिकैमा मृतकका बुबा भारतबाट आउनु भयो तर राम्रोसँंग आफ्नो छोराको अनुहार हेर्न समेत पाउनु भएन् । शव गनाएर कुहिएर चिन्नै नसक्ने अवस्थामा थियो । शव गन्हाएपछि परिवारका सदस्य आक्रोशित भए । केही बेर तनावको स्थिति बन्यो । आफ्नो मान्छे गुमाएको परिवारलाई शव पनि अस्पतालले राम्रोसंँग राख्न नसकेकोमा पीडा माथि पिडा थपिएको गुनासो गरे ।

शव गन्हाएपनि परिवारले शव लैजानुको विकल्प अरु केही थिएन् तर उनीहरुले शव लिएर गए । तर संघीय राजधानीसँग जोडिएको अस्पतालले एउटा शव पनि भरपर्दो रुपमा राख्न नसक्दा कस्तो स्वास्थ्य केन्द्र हो गंम्भीर प्रश्न माथि प्रश्न उठेको छ । शव सुरक्षित रुपमा राख्नुपर्ने व्यवस्था अस्पताल तथा स्वास्थ्य केन्द्रको हुन्छ । यदि कारण बस शव केही तल माथि भएको खण्डमा अस्पताल तथा स्वास्थ्य केन्द्रले जिम्मेवार हुनु पर्नेछ । तर यहाँ त भएको फ्रिज पनि मर्मत गर्न नसक्नु दोष कसको हो ? नेपाल सरकार, अस्पताल ब्यबस्थापन समिति, संघीय सरकार र प्रदेश सरकार प्रश्न यहाँ रहेको छ ।

ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको तथ्यांकलाई हेर्ने हो भने दिनानु दिन दुर्घटनाका घटनाहरु भैरहेको छ । जस अनुसार आर्थिक वर्ष २०७२/७३ मा ९० वटा सवारी साधन दुर्घटना हुँदा ६१ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७३/७४ मा ९८ वटा सवारी दुर्घटना हुँदा ९० जनाको ज्यान गएको छ । यस्तै २०७४/७५ मा १५५ वटा दुर्घटनामा ११७ जनाले ज्यान गुमाएका छन् । २०७५/७६ मा १३८ दुर्घटनामा ९३ जनाको मृत्यु भएको छ । २०७६/७७ मा १२५ दुर्घटनामा ५३ जनाको ज्यान गएको छ । यस्तै २०७७/७८ मा २५५ दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ । २०७८/७९ मा २७४ दुर्घटनामा ५३ जना र २०७९/८० को चैत्र महिना सम्ममा ११४ दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको छ ।

करिब ८ वर्षको आर्थिक वर्षलाई हेर्ने हो भने राजमार्ग क्षेत्रमा १ हजार २ सय ४९ वटा साना तथा ठुला सवारी साधनहरु दुर्घटना भएको छ । जसमा ५ सय ४४ जनाको अकालमै ज्यान गएको छ । यसरी दुर्घटना हुने क्रम बढी रहँदा भरपर्दो र गुणस्तरीय शवगृहमा फ्रिज नहुँदासमस्या हुँदै आइरहेको छ । राजमार्गमा हुने दुर्घटना रोकथाम र क्षति रोक्ने योजना न हुँदा तीनै तहको सरकारलाई गिजाईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?