तेस्रो खेलमा नेपाल विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दोस्रो नेपाल-भारत दुई देशीय टी-ट्वान्टी महिला क्रिकेट सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई भारतले २१४ रनको लक्ष्य दिएको थियो ।

भारतीय टिमका लागि कप्तान सुष्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन जोड्नुभयो । नेपालका लागि निशा चौधरीले १ विकेट लिनुभयो ।

जवाफी व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको समाप्तिमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालका लागि विनिता पुनले ६७ वलमा नट आउट १२६ रन जोड्नुभयो । त्यसैगरी मनकेशरी चौधरीले ५६ वलमा ६५ रन जोड्दा र मुना अर्याल ४ रनमा अविजित रहनुभयो । तेस्रो खेलको जितसँगै नेपाल पाँच खेलको सिरिजमा २-१ ले अघि रहृयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?