स्थानीय सरकार : रुपन्देहीका १६ पालिकामध्ये सियारीमा १ प्रतिशत भन्दा कम बेरुजु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बेरुजु आएको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिका १ प्रतिशत भन्दा कम बेरुजु आएको छ । सियारीमा शुन्य दशमलव ८८ प्रतिशत मात्र बेरुजु रहेको महालेखा परिक्षकको कार्यालयले जारी गरेको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसपछि कम बेरुजु देखिनेमा सैनामैना नगरपालिका रहेको छ । सैनामैनाको बेरुजु १ दशमलव ०३ प्रतिशत रहेको छ । १६ वटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु देखिनेमा कोटहीमाई गाउँपालिका रहेको छ । कोटहीमाई गाउँपालिकाको बेरुजु ४ दशमलव ८ प्रतिशत रहेको छ ।
रुपन्देहीका अन्य पालिकाहरु ओमसतिया गाउँपालिकाको २ दशमलव ०३ प्रतिशत, गैडहवा गाउँपालिकाको २ दशमलव ०४ प्रतिशत, रोहिणी गाउँपालिकाको २ दशमलव २२ प्रतिशत, बुटवल उपमहानगरपालिकाको २ दशमलव ३१ प्रतिशत, कञ्चन गाउँपालिकाको २ दशमलव ६१ प्रतिशत, तिलोतत्तमा नगरपालिकाको २ दशमलव ८७, सिद्धार्थनगर नगरपालिकाको ३ दशमलव १४ प्रतिशत, सम्मरीमाई गाउँपालिकाको ३ दशमलव ३५ प्रतिशत र लुम्बिनी साँस्कृतिक नगरपालिकाको ३ दशमलव ६६ प्रतिशत रहेको छ ।

त्यसै गरी ४ प्रतिशत बढी बेरुजु रहने पालिकाको सूचीमा ५ वटा पालिका रहेका छन् । मर्चवारी गाउँपालिकाको ४ दशमलव ११ प्रतिशत, शुद्धोधन गाउँपालिकाको ४ दशमलव १३ प्रतिशत, देवदह नगरपालिकाको ४ दशमलव ५६ प्रतिशत र मायादेवी गाउँपालिकाको ४ दशमलव ६९ प्रतिशत बेरुजु आएको छ ।
लुम्बिनी प्रदेशका १०९ स्थानीय तहहरुमध्ये रुपन्देहीको सियारी गाउँपालिका सबैभन्दा कम बेरुजु देखिनेमा छैठौं स्थानमा रहेको छ ।प्युठानको मल्लरानी र सरुमईरानीको बेरुजु भने शुन्य प्रतिशत रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७७ मा स्थानीय तहले आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गराउनुपर्ने व्यवस्था छ । यो वर्ष २५९ स्थानीय तहले आन्तरिक लेखापरीक्षण गराएका छैनन् ।

रुपन्देहीको सियारी गाउँपालिकाले लेखा नीति र सिद्धान्त अन्तरगत लेखाको भुक्तानी गरेका कारण शुन्य दशमलव ८८ प्रतिशत बेरुजु कायम राख्न सफल भएको लेखा प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो उहाले सियारी गाउँपालिकाले सम्पादन गर्ने हरेक कार्यको अनुगमन र निरीक्षणपछि मात्रै भुक्तानी दिने गरेकाले पनि बेरुजु कम हुँदै गएको उल्लेख गर्नु भयो ।

आगामी वर्ष बेरुजुलाई शुन्यमा झार्ने गरी काम अगाडि बढाइएको लेखा प्रमुख पौडेललवताउनु भयो। सियारीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७७ मा स्थानीय तहले गराउनुपर्ने आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण समयमै गराउँदै आएको छ । रुपन्देहीको सियारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले गाउँपालिकामा बेरुजु सुन्य बनाउन पहिले देखी नै अनुगमन पछि भुक्ततानी र अन्य आर्थिक खर्च आय ब्यायको आधारमा आबश्यक भुक्तानी तथा शुसाशनको परिधिभित्र रहेर काम अघि बढाएको बताउनु भयो

महालेखा परिक्षकको कार्यालयले जारी गरेको ६० औं वार्षिक प्रतिवेदनमा रुपन्देहीका पालिकाको अबस्था

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?