नेपाल र यूएईबीचको फाइनल खेल स्थगित, बाँकी खेल भोलि हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि बाँकी खेल भोलिलाई सारिएको हो ।

बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्ता पाएको यूएईले २७।३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७।३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो ।

भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ ।

भोलि पनि वर्षाका कारण खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?