आईपीएल : लखनउमाथि बेंग्लोरको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ ।

घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंग्लोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो ।

बेंग्लोरले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको लखनउले १९.५ ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सफल भयो ।

आइतबार राति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बेंग्लोरले ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । उसका फाप डु प्लेसिसले सर्वाधिक ४४ रन बनाएका थिए ।

९ खेलमा पाँच जित तथा चार हार व्यहोरेको बेंग्लोर १० टोली सहभागी लिगको पाँचौं स्थानमा उक्लिएको छ । नौ खेलमा पाँच जित र चार हारका साथ लखनउ अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?