खोटाङ भूकम्प अपडेटः केन्द्रविन्दु भएको स्थानमा पुग्यो प्रहरी, यकिन छैन क्षतिकाे विवरण

हिमालय टाइम्स
Read Time = 2 mins

खोटाङ । नेपाल प्रहरीको एक टोली आज गएको भूकम्पको केन्द्रविन्दु खोटाङको साकेला गाउँपालिका-५ मात्तिम विर्ता पुगेको छ ।

खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । भूकम्पबाट मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिनुभयो ।

साकेला गाउँपालिका-५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले केही घरमा क्षति पुगेका तस्बिर प्राप्त भएको छ । क्षतिसम्बन्धी जानकारी लिने काम भइरहेको प्रजिअ सेडाईले जानकारी दिनुभयो ।

भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?