अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेन, हजारौँ यात्रु अलपत्र

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अझै खुलेको छैन । सोमबार दिउँसो धादिङको धार्केस्थित गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध हो ।

दिउँसो ४ बजेदेखि ठप्प उक्त सडक सोमबार बेलुकादेखि नै खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सयौँ गाडी र हजारौँ यात्रु अलपत्र परेका छन् । अत्यावश्यक कामले आउजाउ गर्ने झन ठूलो मारमा परेका छन् । कोही नजिकै रहेका आफन्तकोमा गए पनि धेरैजसोले गाडी भित्रै बसेर रात कटाएको प्रहरीले जनाएको छ ।

रातभर काम गरे पनि साँघुरो सडक भएका कारण समस्या भएको सडक प्रहरीले जनाएको छ । नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार सेना, प्रहरी, सडक विभाग लगायतको प्रयासमा सडक खुलाउने प्रयास भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?