अबरुद्ध पृथ्वी राजमार्ग एकतर्फी रूपमा संचालनमा

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खण्ड एकतर्फी रूपमा संचालनमा आएको छ ।

भासिएको स्थामा ग्यावीन जाली हाले पछि बाटो आज बिहान १० बजेपछी एकतर्फी रुपमा संचालनमा आएको धादिङ प्रहरीले जनाएको छ । मनसुन बर्षाका कारण हिजो दिउँसो ४ बजेदेखि उक्त सडक खण्ड अबरुद्ध भएको थियोे ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासका बजारमा यात्रु अलपत्रमा परेका थिए । काठमाडौं तर्फबाट बाहिरिएका अधिकांश यात्रुहरु काठमाडौं नै फर्किएका छन् । पुर्वपश्चिमबाट आएका केही यात्रुहरुले लोकल गाडीहरु प्रयोग गरेर गन्तव्यतर्फ हिडेका छन् । ग्रामीण सडकमा गुड्नसक्ने साना सवारीहरु वैकल्पिक बाटोबाट गन्तव्यतर्फ लागेका छन् भने अधिकांश यात्रु अलपत्र परेका छन् । काठमाडौबाट ट्याक्सीहरु आएर पनि यात्रु ओसार्न थालेका छन् । पुल वारीपारी परेका केही यात्रुवाहक सवारीले यात्रुलाई साटफेर गरेर पनि गन्तव्यतर्फ लगेका छन् ।

धादिङको धार्के बजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो । पृथ्वीराजमार्ग हुँदै पुर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौं भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो ।

सोमबार दिउसो केही समय परेको पानीले पुलको मुनी लगाइएको वाल भासिएको थियो । काठमाण्डौँ तर्फ जानेले ५ किला-फोगटपुर-बाइरोड सडक, जुङ्गेखोला-बाइरोड, सातकिला-बाइरोड, आठकिला-चिउरीपार्टि हुँदै धार्के र काठमाण्डौँबाट गल्छि तर्फ जानेले धार्केबाट केवलपुरको बाटो प्रयोग गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?