संघीय संसदका नवनियुक्त सचिवहरुको सपथ आज

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसदअन्र्तगतका दुईजना सचिवले आज पद तथा गोपनियताको सपथ लिदैँछन् ।

संघीय संसद सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बीचमा पद तथा गोपनियताको सपथ लिन लागेका हुन ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः १५ बजे उक्त सपथ समारोह कृषि समितिको हल, सिंहदरबारमा हुनेछ ।

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रियसभाको सचिबमा डा. सुरेन्द्र अर्याल गत वैशाख २१ गते नियुक्त हुनुभएको थियो । संघीय संसद सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गर्नुभएको हो ।

उहाँहरू दुवैजना नेपालको संबिधानको धारा १०६ बमोजिम सचिब पदमा नियुक्त हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?