संघीय संसद्का नवनियुक्त सचिवद्वय पाण्डेय र अर्यालद्वारा शपथ र पदभार ग्रहण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त दुई सचिवले आइतबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गर्नुभएकाे छ ।

सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आइतबार प्रतिनिधिसभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएकाे थियाे भने राष्ट्रियसभाको सचिवमा नियुक्त डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथ ग्रहण गर्नुभएकाे हाे ।

शपथ लिएपछि उहाँहरुले आ-आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?