सांसद् लामाद्धारा मुगु हिमपहिरोमा वेपत्ताको खाेजीका लागि गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । मुगु र हुम्लाको सिमानामा हिमपहिरोमा पुरिएका व्यक्तिको खोजी कार्यलाई तिब्र वनाउन प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले विहिवार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुगु हिम पहिरोमा पुरिएका तीन जनाको खोजी कार्यका लागि ढिलाई भएको भन्दै ध्यानाकर्षण गराउनु भएको छ । सांसद लामाले गृहमन्त्री श्रेष्ठलाई भेटेर उद्दारको बिषयमा लेखिएको ध्यानाकर्षण पत्र दिईएको छ ।

भेटमा गृहमन्त्री श्रेष्ठले घटनाको थप अपडेट गरेर उद्दारमा कुनै कसुर नरासी अगाडि बढ्ने बताउनुभयो । सांसद लामाले गृहमन्त्रीलाई भेटिसकेपछि गृहमन्त्रीको सचिवालयले उद्दारको अवस्था विषयमा बुझेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर बस्नेतका अनुसारले घटनास्थलमा हिउ परिरहेकाले जिल्लाको २१ जनाको सुरक्षाटोली सिरानचौरमा क्याम्प खडा गरेर बसेको जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलमा साथमा गएका दुई जना कर्णसार्की र प्रकाश सार्की विरामी भएपछि घर पठाईएको छ ।गत वैशाख २२ गते यार्सागुम्वा टिप्न गएका पातारासी गाउँपालिका २ तल्फि गाउँका ३ जनालाई हिउपरोले पुरेको घटनास्थलबाट जोगिएर फर्किएका कर्ण सार्कीले बताउनुभयो । उहाँका अनुसार मुगु र हुम्लाको सिमाना च्यार्खु लेकनजिक आफुरु हिडिरहेको समयमा हिमपहिरो आएको थियो । हिम पहिरोले १२ जना जोगिन सफल भएका थिए । अहिले नेपाल प्रहरी र सशस्त्रका ११ जना सुरक्षाकर्मी सो क्षेत्रमा गएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?