प्रेस युनियन संखुवासभामा शाक्य   

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins
 भाेजपुर । नेपाल प्रेस युनियन सङ्खुवासभा अध्यक्षमा दीपेन्द्र शाक्य सर्वसम्मत चयन भएका छन् । सङ्खुवासभा उद्योग वाणिज्य सङ्घको सभाहल खाँदवारिमा आयोजित चौथो जिल्ला अधिवेशनबाट शाक्यको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको हो ।
पत्रकार महासङ्घ जिल्ला अध्यक्ष इन्द्र गिरिको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति निर्वाचित भएको जानकारी दिएको छ । गिरिका अनुसार अध्यक्षमा शाक्य, उपाध्यक्ष नवीन गुरुङ र दुर्गामणि पौडेल (समावेशी) सचिव ध्यान बहादुर राई, सहसचिव प्रजिना शाक्य, कोषाध्यक्ष मोहन कुमार राई चयन भएका छन् । सदस्यमा सविता कार्की, कविता कोइराला, नविनकला जैरु, होमबहादुर राई, राजमान राई, खेवाहाङ्ग राई, अंकिता घिमिरे, सुरेन शाक्य र नेत्र विनोद काफ्ले सर्वसम्मत चुनिएका छन् ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस जिल्ला सभापति दीपक खड्काको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै खड्काले पत्रकारिता सम्भावना भन्दा बढी चुनौती भएको क्षेत्रको रूपमा देखिएको बताए । सूचनाको भरमा मात्र पत्रकारिता नगर्न आग्रह गर्दै खोज र अनुसन्धानमा लाग्न आग्रह गरे ।
नवनिर्वाचित अध्यक्ष शाक्यले पाँचौँ अधिवेशन आफ्नै भवनमा गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए । जिल्लाका पत्रकारलाई विषयगत विज्ञताको लागि तालीम तथा अनुसन्धानको अवसर सृजना गरिने बताए । अब हरेक पत्रकार समाचारमा मात्र नभएर आर्थिक रूपमा पनि आत्मनिर्भर हुनुपर्ने बताउँदै शाक्यले पत्रकारको आर्थिक उपार्जनको लागि लागिपर्ने धारणा राखे ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?