प्रतिनिधि सभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । संसद सचिवालयका अनुसार बैठकको सम्भावित दुई वटा कार्यसूची रहेका छन् ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पेस गर्न लागिएको हो । बस्नेतको ७८ वर्षको वैशाख २९ गते निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?