नक्कली भुटानी शरणार्थी विषयले उब्जाएका गम्भीर प्रश्न

Read Time = 14 mins

यसपालि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दृढ इच्छाशक्ति देखाएका छन् । यो राम्रो पनि हो । आज देशमा कानुनभन्दा माथि कोही छैन । यो कुराको विश्वास सबैलाई दिलाउनुपर्छ । मुलुकमा कानुनी शासन भएको प्रत्याभूति देखाउनुपर्छ । आज भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, बहालवाला सचिवलगायत दर्जन व्यक्ति हिरासतमा छन् । उनीहरूमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरेको अभियोग छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यो संगठित अपराधमा संलग्न सबै अपराधी हुन् । उनीहरूलाई ठूलो सजाय हुनुपर्छ । सानो सजायले पुग्दैन ।

ठूला–ठूला अपराधका घटना बेलाबेलामा आउने गर्छन् र समय बित्दै जाँदा सेलाउने पनि गरेका छन् । यो प्रकरण सेलाउनु हुँदैन । यसमा धेरैजनाको संलग्नता भएको पाइन्छ । सबै कारबाहीको भागीदार हुनुपर्छ । राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त भएका कारण पनि कर्मचारी संयन्त्र बिग्रेको छ । राजनीतिक शक्तिको आडमा धेरै काम बिग्रिएको देखिन्छ । राजनीतिक नेतृत्वबाट गलत कार्य हुनुहुँदैन । त्यसो भयो भने सबै बिग्रिन्छ । कसैको डरधाक र प्रभावमा नपरी अनुसन्धान अघि बढ्यो भनेमात्र मुलुकमा कानुनी शासन भएको प्रत्याभूति हुनसक्छ । राजनीतिक शक्तिको आडले सबै कुरा अस्तव्यस्त बन्ने गरेको छ । जस्तो शक्ति उसको भक्ति हुने गरेको छ । अनुसन्धानकर्ताको मनोबल घटउने काम कसैले नगरोस् ।

विगतमा जे भयो-भयो, अब हुन दिनु हुँदैन । अनुसन्धानकर्तालाई सबैले उत्साही बनाउने काम हुनुपर्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले हिम्मतका साथ राम्रो काम गरिरहेका छन् । प्रहरीलाई उत्साहित बनाउने काम गृह मन्त्रालयको हो । अनुसन्धानमा त्रुटि र भेदभाव हुनु हुँदैन । बलिया प्रमाण लुकाउने र कमजोर देखाउने काम हुनुहुँदैन । गृहमन्त्री र सचिव भइसकेको व्यक्तिमाथि अभियोग लाग्नु लज्जास्पद हो । राज्यले मानसम्मान र सुविधा दिँदादिँदै यस्तो हर्कत गर्नु दुर्भाग्य हो । राज्य संयन्त्रले कानुनबमोजिम अनुसन्धान गर्न दिनुपर्छ । हस्तक्षेप हुनुहुँदैन । राजनीतिक वा बाहृय हस्तक्षेप अनुसन्धान र अभियोजनमा भए यसले राम्रो नतिजा ल्याउँदैन । अझै पनि प्रधानमन्त्रीले दृढ इच्छाशक्ति देखाउनुपर्छ ।

नक्कली शरणार्थी प्रकरण अहिलेको चर्चित विषय नै हो । नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेको छ । यसमा पूर्वमन्त्रीदेखि सचिवसहित विभिन्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो सरकार र प्रहरीको सकारात्मक कदम पनि हो ।

कानुनमाथि कोही छैन भन्ने विश्वास दिलाउनुपर्छ । नक्कली शरणार्थी प्रकरण अहिलेको चर्चित विषय नै हो । नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेको छ । यसमा पूर्वमन्त्रीदेखि सचिवसहित विभिन्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो सरकार र प्रहरीको सकारात्मक कदम पनि हो । सबै घटनामा प्रहरीलाई अनावश्यक दबाब नदिइकन स्वतन्त्र ढंगले छानबिन गर्न दिनुपर्छ । दोषीलाई कारबाही हुनुपर्छ । निर्दोष फस्नु हुँदैन । दोषी उम्कनु हुँदैन । जसरी यो केस अगाडि बढेको छ यसलाई टुंगोमा पुर्‍याउनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्नु राम्रो कुरा हो । यो अभियानलाई नकारात्मक पाटोबाट बचेर टुंगोमा लानुपर्छ ।

भ्रष्टाचार नियन्त्रणमा सबैको साथ आवश्यक छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरू समेतको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि मुलुकमा भ्रष्टाचारविरोधी अभियान सुरु भएको छ । काठमाडौंको माइतीघर, नक्साललगायत स्थानमा नागरिक अगुवाहरूको अगुवाइमा भ्रष्टाचारविरुद्ध नारा जुलुस लागिरहेका छन् । विगतमा सरकारले दलीय सहमतिमै जोगाउने प्रवृत्ति रहेकाले जनस्तरमा एकखालको आक्रोश व्याप्त छ । नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा युवापुस्ता प्लेकार्ड बोक्दै सडकमा प्रदर्शन गर्न निस्किएको छ । अहिले भ्रष्टाचारविवद्ध जे जस्तो प्रदर्शन भइरहेको छ, यसले सरकारलाई पनि भ्रष्टाचारविरुद्ध अघि बढ्न प्रेरणा दिएको छ ।

सिंहदरबारमा सीमित भ्रष्टाचारको जरा संघीयता कार्यान्वयनसँगै वडासम्म पुगेपछि समस्या थप जटिल बन्दै गएको छ । माथिल्लो निकायमा जस्तै वडा तहमा पनि धेरैजसो भ्रष्टाचार दलीय सहमतिमै हुने गरेको छ । जसले गर्दा राजनीतिप्रति जनतामा वितृष्णा उत्पन्न भएको छ । राजनीतिप्रति जनतामा उति चासो छैन । अब युवापुस्ताले मुलुकको भविस्यको बारेमा के सोचेका छन् । कुरा यता तिर केन्द्रित बन्नुपर्ने अवस्था भएको छ । पुराना नेता र दलबाट जनता वाक्क दिक्क भएका छन् । जनता लुटने दल र तिनका नेताबाट जनताले थप आस केही गरेका छैनन् । सत्तामा पटकपटक रहेका दलप्रति जनताको आर्कोश छ । उनीहरूले जनताको पक्षमा खासै राम्रो काम गरेको सम्झना छैन ।

राजनीतिप्रति जनतामा उति चासो छैन । अब युवापुस्ताले मुलुकको भविस्यको बारेमा के सोचेका छन् । कुरा यता तिर केन्द्रित बन्नुपर्ने अवस्था भएको छ । पुराना नेता र दलबाट जनता वाक्क दिक्क भएका छन् । जनता लुटने दल र तिनका नेताबाट जनताले थप आस केही गरेका छैनन् ।

सरकारले देश र जनताको पक्षमा राम्रो काम गर्न नसके जनताले जुनसुकै तहको आक्षेप लगाउन पनि तयार हुन्छन । अहिले सामाजिक सञ्जालमा देखिने टीकाटिप्पणीले यही पुष्टि गर्छ । जसरी दलीय संलग्नतामा भ्रष्टाचारका घटना भएका छन्, यसको नियन्त्रणका लागिसमेत दलकै नेतामा प्रतिबद्धताको खाँचो छ । पटकपटक सत्तामा पुगेका नेताहरूले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भाषण गरे पनि त्यो अनुसार काम नभए पछि असन्तुष्ट हुनु स्वभाविक नै हो । शरणार्थी प्रकरणमा संलग्न केही व्यक्ति पक्राउ परेको घटनाले थोरै आशावादी भने बनाएको छ ।

पछिल्लो समयमा भएका भ्रष्टाचारविरोधी प्रदर्शनले जागरुकता ल्याएको छ । यो अति राम्रो कुरा हो । यो कुनै सरकार वा दलविरोधी प्रदर्शन होइन । यो त भ्रष्टाचारमा संलग्नविरुद्धको प्रदर्शन हो । भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने नै हो भने यो सबैभन्दा उपयुक्त अवसर पनि हो । जनता जागेका बेला सरकारले हिम्मत गर्ने हो । भ्रष्टहरू कारबाहीको दायरामा आउनुपर्छ । यदि सरकारले राम्रो काम गरेर देखाउन सक्यो भने सरकारप्रति जनताको विश्वास ण्बढेर जानेछ । नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै अन्य प्रकरणका पनि फाइल खोल्दै संलग्नलाई कारबाही गर्दै जाने हिम्मत सरकारले गर्नुपर्छ । राष्ट्रिय राजनीतिमा नै अपराध प्रभावित हुनु राम्रो संकेत होइन ।

कतिपय ठूला दलकै शीर्षस्थ नेताले नै अपराधीलाई संरक्षण दिँदा त्यसैको आडमा राजनीतिक अपराध बढ्दै आएको छ । यस प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी र पक्राउ परेका व्यक्ति तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ सन्देश शर्मा पोखरेल, सागर थुलुङ राईसमेतका व्यक्ति प्रहरी अनुसन्धानमा रहेका छन् ।
अनुसन्धानकै क्रममा भएकाले अहिले नै यी सबै व्यक्ति दोषी हुन् भन्न मिल्दैन । विगत केही वर्ष पहिलेदेखि मुलुकमा हुने अधिकांश राजनीतिक व्यक्ति संलग्न अपराध सत्ताको आडमा तथा उनीहरूकै संरक्षकत्वमा हुँदै आएको देखिएको छ । शीर्षस्थ नेताकै छहारीमा अपराध हुने, नेताले नै अपराधीलाई ढाकछोप गर्ने, कारबाही नगर्न दबाब दिनेजस्ता अनैतिक कार्य हँुदै आएका थिए ।

नक्कली शरणार्थी प्रकरणले राजनीतिक अपराध संगठित रूपमै हुँदै आएको प्रमाणित गर्छ । यस प्रवृत्तिले स्वच्छ र पारदर्शी इमानदार नेता अर्थ प्रभावित राजनीतिकर्मीको तुलनामा पछि पर्दै आएका छन् । यो मुलुकको राजनीति विपरित बाटोमा हिँडेको संकेत हो । स्वार्थको राजनीतिले अहिले सिद्धान्तको राजनीतिलाई विस्थापित गर्दै छ । यही रफ्तारमा यसको वृद्धि हुँदै गए केही वर्षमै नेपालको राजनीतिक क्षेत्रबाटै सिद्धान्तको राजनीति विस्थापित हुनेछ । यसको साथै सो प्रकरणमा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफूलाई सहयोगीको रूपमा गृहमन्त्रालयमा पदासीन गराउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड तथा उनकी श्रीमती मञ्जु खाँडको नाम यस घटनामा जोडेका छन् ।

यस घटनामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाको पनि नाम जोडिएको छ । अन्य हाई प्रोफाइल व्यक्ति पनि घटनामा तानिँदै छन् । अब के के हुन्छ हेर्दै जाने हो । अपराध गर्नेलाई जनताले पनि छोड्दैनन् । यो प्रकरणमा जनता पनि आक्रोशित बनेको अवस्था छ । राजनीतिक दल र तिनका नेताहरू इमानदार नभएको कारण नै यस्ता गतिविधि बढ्दै गएका हुन् ।

भ्रष्टाचारमा राजनीतिक दलका शक्तिशाली नेताहरू एकपछि अर्को पक्राउ पर्न थाल्दा र शंकको घेरमा धेरैजना आउँदै गर्दा यो ठगी प्रकरणलाई कमजोर बनाएर दोषीलाई उन्मुक्ति दिइने त होइन भन्ने प्रश्न यतिबेला टड्कारो रूपमा उठेको छ । यसमा सरकारले खुट्टा कमाउनु हुँदैन । यदि दोषीले उन्मुक्ति पाए भने यस्ता संगठित रूपमा ठगी गर्ने गिरोहको मनोबल बढ्नेछ । ठगीमा संलग्नलाई जोगाउन खोज्नेहरूप्रति सशक्त रूपमा आवाज उठाउनुपर्छ । सांसद र नागरिक समाज चनाखो हुनपर्छ । हर समय खबरदारीको जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?