महासंघमा स्थायी समिति र सदस्यता समिति

Read Time = 1 min

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा स्थायी समिति र सदस्यता समिति गठन भएको छ । महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको महासंघले जनाएको छ ।

स्थायी समितिका सदस्यमा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, प्रदेश महासंघमा निर्वाचित अध्यक्ष रहेका छन् । सदस्यता समितिका सदस्यमा महासंघका तीनजना उपाध्यक्षलाई मनोनयन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?