कांग्रेसलाई रुपान्त्रण गर्न जरुरी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपाली कांग्रेस पार्टिलाई सुधार गर्दै सबैको रोजाईएको पार्टि बनाउनकालागि रुपान्त्रणको खाँचो रहेको औल्याईएको छ ।

नेपाली कांग्रेस रुपान्त्रण अभियानले रुपन्देहीको भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टि नेतृत्वको गलत कार्यशैलीका कारण पार्टि कमजोर बनेको उल्लेख गर्दै रुपान्त्रणको खाँचो रहेको औल्याएका हुन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कांग्रेसलाई रुपान्त्रण गर्दै नयाँ कांग्रेस बनाउनतर्फ लाग्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले भ्रष्ट्रचारमा मुछिएका कुनै पनि नेतालाई उम्कन दिन नहुने बताउदै भ्रष्ट्रचारीको बिषयमा कोहि पनि उदार हुन जरुरी नभएको बताए ।

बर्तमान पार्टि नेतृत्वको असक्षमताका कारण पार्टिले लय समात्ननसकेको बताउदै उनीहरुले युवा नेतृत्वले हस्तक्षेप गरेरै भएपनि पार्टि नेतृत्वमाजानु पर्नेमाजोड दिए ।

कार्यक्रममा सहभागि कांग्रेसका सुभेच्छुक नेता तथा कार्यकर्ताले नीति महाधिबेशन तथा बिषेश महाधिबेशन बोलाएरै भए पनि पार्टिलाई जोगाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य मधु आर्चाय, डा. गोबिन्द पोखरेल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पुर्व केन्द्रिय सदस्य गुरु घिमिरे, युवा नेता भुपेन्द्रजंग शाहि, लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल, पाल्पा सभापति बिरबहादुर राना, रुपन्देही उपसभापति थानेश्वर घिमिरे, कांग्रेस नेताहरु फकरुद्धिन खान, रमा अर्याल लगायतले बोल्दै पार्टिलाई कुनै नेताको नीजि मामिला, घरेलु मामिला हुन दिन बाट जोगाउदै साझा मामिला बनाउनु पर्ने बताउनु भयो ।

नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य बिष्णु पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा नेताहरुले कांग्रेसलाई युग सापेक्ष रुपान्त्रण गर्दै लैजानका लागि अभियानको सुरुवात गरिएको बताउदै सांगठनिक सुशासन अभियानलाई पनि संगै चलाउनु पर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?