काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी र कप्तान एन्जिला तुम्बापो सुब्बा आबद्ध टोलीहरू भारतीय महिला आई लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । सावित्राको टोली गोकुलम केरला तथा एन्जिला आबद्ध सेथु सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
सेथुले इस्ट बंगाललाई ९-० ले हरायो । सेथुलाई जित दिलाउन अर्पुणा नार्जेरीले ६ गोल गर्नुभयो । यस्तै, काजोल डिसुजा, नाउरेम प्रियंका देवी, इभी फेथ एन्टिनोले समान १ गोल गर्नुभयो । एन्जिलाले पूरा समय मैदानमा बिताउनुभएको थियो ।
गोकुलमले भने उडिसालाई टाइब्रेकरमा ३-० ले हरायो । त्यसअघि निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो । गोकुलमको सेमिफाइनल यात्रामा गोलकिपर बेट्रिका एनटिवा एनकेटियाले उडिसाका तीन पेनाल्टी रोक्नुभयो । गोकुलमका लागि सावित्राले पनि पेनाल्टीमा गोल गर्नुभएको थियो ।
एनगागोम बाला देवीको गोलबाट उडिसाले दोस्रो मिनेटमै खेलमा अग्रता लिएको थियो । असेम रोजा देवीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको हो । यस्तै, राष्ट्रिय टोलीका मिडफिल्डरद्वय सरु लिम्बू र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट फुटबल क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको छ । फरवार्ड रेखा पौडेल सम्मिलित स्पोर्ट्स ओडिसा भने क्वाटरफाइनलबाट बाहिरियो ।
मंगलबार भएको क्वाटरफाइनलमा हप्स फुटबल क्लबलाई २-१ ले हराउँदै किकस्टार्टले अन्तिम चारमा स्थान बनाएको हो । किकस्टार्टका लागि काभिया पक्किरिसमीले १७औँ मिनेटमा अग्रता दिलाउनुभयो । रेणु रानीले ६२औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । इन्जुरी समयमा किओको एलिजाबेथले गोल गर्दै किकस्टार्टलाई जित दिलाउनुभयो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच