काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टचारको बिरोधमा आज प्रर्दशन गर्ने भएको छ । काठमाडौंको वसन्तपुरमा बिहीबार दिउँसो हुने विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्नेुहुनेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो ।
राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रका अनुसार बसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिनेछ ।
यसैगरी, निजामती कर्मचारी आबद्ध कुनै पनि संगठन नबनाउने पनि राप्रपाले निर्णय लिएको छ ।
'अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ संगठन नबनाउने निर्णय गरेको छ,’ उहाँले भन्नुभयाे । उहाँका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुण्डाएर सन्सारमा कुनै देशले प्रगति गरेको छैन । सरकारी वेतनधारीको भातृ संगठन जघन्य अपराध रहेको उहाँको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच