प्रतिनिधिसभा बैठक जारी, नियम निलम्बन प्रस्ताव पारित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजे डाकिए पनि दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । बैठकमा नियम लिम्बनको प्रस्ताव पेस गरिएको छ ।

बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । सोहीसँग सम्बन्धित् नियम निलम्बनसम्बन्धी प्रस्ताव पेस गरिएको हो ।

कांग्रेसका रमेश लेखकले पेस गरेको नियम निलम्बनको प्रस्तावलाई एमालेका महेश बर्तौला र रास्पवाका सन्तोष परियारले समर्थन जनाउनुभएकाे छ । उक्त प्रस्तावमा प्रधानमन्त्रीसँग बढीमा १५ जनाले प्रश्नोत्तर गर्न पाउनेछन् । सो प्रस्ताव बैठकले पारित  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?