श्रीमान हराएपछि खोजतलास गरिदिन श्रीमतीको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बैदेशिक रोजगारीका लागि उदयपुरबाट काठमाडौ आएका थिरप्रसाद ढकाल सम्पर्क बिहिन भएका छन् ।

त्रियुगा नगरपालिका ३ भुल्केबाट बैशाख ११ गते काठमाण्डौं हिडेका ढकाल बैशाख २२ गतेदेखि सम्पर्क बिहिन भएको ढकालकी श्रीमती देवकुमारी भट्टराईले बताउनु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वार्ड नम्बर- ३ भुल्के बसोबास गर्ने थीरप्रसाद ढकाल (बिशाल) बैशाख २२ गते काठमाडौबाट गाईघाट हिड्ने क्रमसँगै पारिवारीक सम्पर्कमा नरहेको बुझिएको छ । उनले चलाउँदै आएका दुवै फोन नम्बर पनि हालसम्म बन्द छन् ।

ढकालकी श्रीमति देवकुमारीले कोही कतै काममा रहेको भए  सम्पर्कमा आउनहुन अनुरोध गर्दै र छर छिमेक, आफन्तजन, शुभचिन्तक साथीभाइको सम्पर्कमा रहे घरपरिवारमा जानकारी गराईदिन आग्रह समेत गर्नुभएको छ।

श्रीमतीका अनुसार थिरप्रसाद ढकाल बैशाख ११ गते गाईघाटबाट बैदेशिक रोजगारीको सिलसिलामा काठमाडौ गएका थिए । काठमाडौंमा कुवेत जान भनी सिन्धुली घर भएका श्याम बरालसँग सम्पर्कमा पुगेका थिए ।

विदेश जानका लागि काठमाण्डौमा पासर्पोट लिएर गएका उनले मेडिकल समेत गरी बैशाख २२ गते घरफर्कन खर्च भएन भन्दै श्रीमतीलाई खवर समेत गरेका थिए । ढकालले सिंधुलीका श्याम वरालसँग घर फर्किनका लागि ३ हजार सापट लिएको समेत श्रीमतीलाई जानकारी गराएका थिए ।

काठमाडौंबाट बस चढेर गाईघाट आउँदै गरेको भनेर उनले श्रीमतिलाई जानकारी समेत गराएका थिए । तर, हालसम्म उनी सम्पर्कमा नआएको बताउँदै आफ्ना श्रीमान्लाई घर फर्किन र कहिँकसैको सम्पर्कमा भएको भए खवर गरिदिन श्रीमतीले अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?