काठमाडौं । नेपालले श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा अफगानिस्तानमाथि सानदार जित हात पारेको छ । बलियो टोली अफगानिस्तानमाथि नेपालले बुधबार तीन-दुईको सेटमा जित निकालेको हो । यो प्रतियोगितामा नेपालको दोस्रो जित हो । नेपालले अफगानिस्तानलाई २५-१९,१९-२५, २२-२५, २५-२१ र १५-१० ले जित हात पारेको हो । पहिलो सेट जिते पनि त्यसपछि लगातार दुई सेट गुमाएको नेपाल दबाबमा परेको थियो । त्यसपछि भने सानदार पुनरागमन गर्दै नेपालले लगातार बाँकी दुई सेटमा जित हात पार्दै खेल आफ्नो पक्षमा पार्यो ।
दोस्रो र तेस्रो सेट गुमाएपछि भने चौथो सेटमा नेपालले राम्रो सुरुवात गर्न नसकेपछि ११-१६ ले पछि रहेको अवस्थाबाट लगातार पाँच अंक जोडेर खेललाई १६-१६ को बराबरीमा ल्याएको थियो । जहाँबाट नेपाल खेलमा हावी भयो ।
नेपालले यसअघिका दुईमध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरेको थियो । दोस्रो खेलमा आयोजक श्रीलंकासँग मंगलबार ३-० ले पराजित भएको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-१ ले हराएको थियो ।
श्रीलंकाले नेपाललाई २६-२४,२५-१८ र २५-१६ ले हराएको थियो । पहिलो खेलमा बंगलादेशलाई नेपालले ३-१ ले हराएको थियो । ६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउण्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले अब असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच