पोखरामा नयाँ प्रविधिको इँटा उद्योग सञ्चालन

Read Time = 3 mins

काठमाडौं । नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय प्रविधिबाट इँटा उत्पादन सुरु हुने भएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिले इँटा उत्पादनको तयारी अन्तिम चरणमा पुर्‍याएको हो । नेपाल इको प्यानल ग्रुपका लगानीकर्ता समूहले उक्त उद्योग सञ्चालन गर्न लागेको होे । लगानीकर्तामध्येका एक इन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले बंगलादेशी विज्ञ झिकाई लामो समयदेखि काम गराइरहेको बताउनुभयो । विगत ४० वर्षदेखि अटोमेटिक मेसिन मेड क्लिन ब्रिक्स (इँटा) विज्ञ पारिमल दासलाई विज्ञका रूपमा नियुक्त गरी काम गरिरहेको उहाँको भनाइ छ ।

नेपाल आएका अटोमेटिक मेसिन मेड क्लिन ब्रिक्सविज्ञ दासले नेपालमा चाइनिज प्रविधिबाट भक्तपुरमा चाइनिज इँटा उत्पादन हुँंदै आए पनि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएर इँटाभट्टा सञ्चालन हुन नसकेको बताउनुभयो । पोखरामा सञ्चालन गर्न लागिएको इँटा उद्योग अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएको उहाँले दाबी गर्नुभयो ।

दासका अनुसार यस प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्ने गर्छ । मेसिनले इँटा पार्नेदेखि इँटा निकाल्नेसम्मको सबै काम गर्छ । विज्ञ दासले यस प्रविधिबाट इँटा उत्पादन गर्दा बाह्रै महिना कारखाना सञ्चालन हुने बताउनुभयो । इँटा घाममा राखेर नभई आफैं सुक्ने बनाइने भएकाले वर्षाको सिजनमा पनि इँटा बनाउन सकिने उहाँको भनाइ छ ।

अन्य सामान्य इँटाभट्टा वर्षमा छ महिनामात्रै चल्ने गर्छ । प्रत्येक वर्ष मंसिरमा सुरु भई चैत-वैशाखमा उद्योग बन्द हुने गर्छ । असारमा पानी पर्ने भएकाले त्यस्ता उद्योग अस्थायीरूपमा छ महिना चल्ने र छ महिना बन्द हुने गर्छन् ।

पोखरा इको रेड ब्रिक्स प्रालिले भक्तपुरको जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग प्रालिले जस्तै बाह्रै महिना सञ्चालन गर्न सकिने उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।

नेपालमा पहिलादेखि चल्दै आएका दुईवटा चाइनिज इँटा उद्योग भक्तपुर इँटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इँटा तथा टायल उद्योग रहेका थिए । तीमध्ये हाल ललितपुरको हरिसिद्धिस्थित इँटा तथा टायल उद्योग बन्द भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?