बजेट गलत तथ्याङ्कमा आधारित भएर ल्याउन हुँदैनः पूर्वमन्त्री डा.खतिवडा

Read Time = 6 mins

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधारित भएर नल्याउन आग्रह गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर राख्दा अर्थतन्त्रमा देखिएको अवस्थाको मूल्याङ्कन गरेर बजेट ल्याउनुपर्ने बताउनु भयो। उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्म २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुन नसक्ने अवस्था देखिएको बताउनु भयो।

उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरमा ४ प्रतिशत कायम हुने अनुमान भएपनि २ प्रतिशत भन्दा तल झर्नसक्ने अवस्था देखिएको उल्लेख गर्नुभयो । उहाँले अबको तीन महिनामा १ प्रतिशत पनि आर्थिक वृद्धि हुने अवस्था नभएको बताउनु भयो। उहाँले चालु आवको दुई त्रैमासिकमा आर्थिक वृद्धिदर कम हुँदा आर्थिक मन्दी हुने तर २ प्रतिशत नेगेटिभमा गएको आर्थिक सिथिलता देखिएको बताउनु भयो।

उहाँले आर्थिक मन्दी भएपनि अर्थतन्त्रका सूचकहरु नेगेटिभ नभएको भन्दै अर्थतन्त्रमा मन्दी हो वा सानो धक्का मात्रै देखिएको भन्ने विषयमा बहस छलफल हुन जरुरी रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले आगामी बजेट आर्थिक वृद्धिदर २ प्रतिशत यति प्रतिशतले राजश्व,आन्तरिक ऋण र त्यसैको आधारमा बजेट आकार बनाए अर्थतन्त्र थप बिग्रने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ अहिले मुलुक आर्थिक मन्दीमा छ । आर्थिक वृद्धिदर दुई तीन क्वाटर तल गयो भने मन्दी हुन्छ भनेका छौं यहाँ त नेगेटिभ भइसक्यो । मन्दी भएपछि बैंकको ब्याजदर पनि तल जानुपर्ने हो । मूल्यवृद्धिदर पनि तल जानुपर्ने हो । अर्थतन्त्रका धेरै परिसूचकहरु तल जानुपर्ने हो। त्यो भइरहेको छैन । मन्दी हो वा सानो धक्का मात्रै हो अर्थतन्त्रमा यसको बहस छलफल धेरै हुन जरुरी छ । अर्थतन्त्र सिथिल छ । आर्थिक वृद्धि बजेटले ८ प्रतिशत भनेको थियो । मैले त्यो बेला सरकारले आधा पु¥यो भने धन्यवाद दिउँला भनेको थिएँ । ४ प्रतिशत मैले नै दिएको थिएँ । त्यो पनि आधा भयो । अबको तेस्रो क्वाटरमा नेगेटिभमा जाला त्यस्तो भयो भने चालु आर्थिक वर्षमा २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ कसरी ? मलाइ होला जस्तो लागेको छैन । त्यसले ल्याउने जोखिम के हो भने आर्थिक वृद्धिदर २ प्रतिशत हुन्छ । त्यसको यतियति प्रतिशतले राजश्व,आन्तरिक ऋण उठाउँछौं र त्यसैको आधारमा यति आकारको बजेट बनाउँछौं । भन्यो भने बसंै कुरा विग्रने वाला छ । आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधाररित भएर यदी बन्दै छ भने त्यस्तो बजेट कृपया नबनाउनु होला । चालु आर्थिक वर्षको बजेटबाट सिक्नुहोला ? बजेटको साख यसरी धुमिल हुन्छ ।’

डा. खतिवडाले वित्तीय क्षेत्र नै अस्थव्यस्त रहेको बताउनु भयो। उहाँले १० देखि १२ प्रतिशतको वित्तीय हिस्सा ओगटेको क्षेृत्र नै अस्थव्यस्त रहेको बताउनु भयो। उहाँले यो क्षेत्रमा ऋण नतिरौं भन्ने,वचत उठाएर घरजग्गामा र डिजिटल करेन्सीमा लगानी गरेर पुँजी निर्माण गर्नेहरु समेत भेटिएको बताउनु भयो। उहाँले सरकारले पैसा सिरानी मुनी छ भनेर नभेटिने भन्दै समान्य वचत कर्ताको पैसा खोला तरेर सिमाना नागि सकेको बताउनु भयो।

उहाँले बीमा प्रणालीमा पनि लाइसेन्स बाँड्ने र मर्ज गराउने बेथिति रहेको बताउनु भयो। उहाँले लघुवित्तहरुमा ऋण नतिरौं भन्ने अभियान चलाउने नेतृत्वलाई सरकारले कारबाही गर्न सरकार तयार नभएको बताउनु भयो। उहाँले राज्य कमजोर भएकाले पनि अर्थतन्त्रको प्रणालीमा समस्या देखिदै गएको बताउनु भयो। डा. खतिवडाले आर्थिक अराजक फैल्याउने विषयमा सचेत वर्गले बोल्न आवश्यक रहेको बताउनु भयो ।

डा.खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउने कुरा गरिरहँदा सरकारसँग वित्त नीति र मौद्रिक नीतिमा चलाउने ठाउँ नभएको बताउनु भयो। उहाँले मुलुकको चालु खाताघाटा र बजेट घाटोको स्पेश अफ्ठ्यारो स्थितिमा भएकाले सरकार नीतिगत रुपमा दबाबमा रहेको बताउनु भयो।
उहाँले मौद्रिक नीति खुकुलो बनाउन ठाउँ नभएको, ब्याजदर कम गर्न लगानी बढ्ने अवस्था नरहेको र करका दर बढाउँदा शिथिलता रहेको भन्दै अर्को वर्ष व्यवासायिक आम्दानीको आधारमा आय कर समेत घट्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?