फ्रान्समा भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल

Read Time = 2 mins

पेरिस । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई कारावासको सजाय सुनाएको हो ।

हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ । सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ । पुनरावेदन अदालतको आदेश सुनेर बिनाकुनै टिप्पणी ६८ वर्षीय सार्कोजी न्यायालयबाट बाहिरिएका थिए । उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपिल गरिने बताएका छन् ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिनेबित्तिकै कानुनी झमेलामा फसेका थिए । २०२१ मार्चमा उनी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानुनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेपछि उनको भ्रष्ट नियत छताछुल्ल भएको थियो ।

दोस्रो विश्वयुद्धपछि जेल सजाय भोग्ने उनी यहाँका पहिलो पूर्वराष्ट्रपति भएका छन् । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?