सन्दीपा अमगाईं लेभल टु प्रशिक्षक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गर्नुभएको छ । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहनुभएकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गर्नुभएको हो । सन् २००८ देखि तेक्वान्दोमा समर्पित रहँदै आउनुभएकी सन्दीपाले यसअघि गत अगष्टमा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गर्नुभएको थियो ।

सन्दीपाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुभएको छ । सन् २०१६ मा अमेरिकाको पोर्टल्याण्डमा भएको आइएफओटीसी च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको उहाँले सन् २०१८ मा स्पेनको बार्सिलोनामा भएको २०औँ जोर्डन ओपनमा तेस्रो स्थान हात पार्नुभएको थियो ।

यस्तै, सन् २०२१ मा मलेसियामा भएको डिजी एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएका उहाँले गत अगस्टमा मलेसियामै आयोजना भएको सराबाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जित्नुभएको थियो । यस्तै, गत अक्टोबर २१ मा भएको दोस्रो टोरोन्टो ओपन अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्नुभयो । उहाँले श्रीचन्द्र कार्कीसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा स्वर्ण पदक जित्नुभएको थियो ।

उहाँले केही अन्तर्राष्ट्रिय प्रतियोगितामा भने अफिसियल रेफ्रीजर्ज र टेक्निकलको भूमिका निर्वाह गर्नुभएको छ । सन् २०२२ को जुलाईमा अमेरिकामा भएको भर्जिनिया कपमा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गर्नुभएका उहाँले गत सेप्टेम्बर २३ देखि २५ सम्म पोखरामा भएको तेस्रो माउन्ट एभरेस्ट जी-टु तेक्वान्दो च्याम्पियनसिपमा टेक्निकल टिमको भूमिका निर्वाह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?