काठमाडौं । ग्रामर स्कुल तथा कलेजको आयोजनामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठान परिसरमा १९औं ग्राण्ड ग्रामर कल्चरल प्रोग्राम सम्पन्न भएको छ । प्सल टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीको सहभागितामा कलेजले उक्त सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विद्यार्थीले कथा, कविता वाचन, सांस्कृतिक झाँकी, विभिन्न भेषभूषा र गरगहना प्रदर्शनी, उद्घोषण, नृत्य, गायनलगायत प्रस्तुत गरेका थिए । विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न अवसरसँगै उनीहरूलाई नेपाली मौलिक कला संस्कृतिसँग जोड्ने उद्देश्यले दुई दशकदेखि कार्यक्रमको आयोजना गर्दै आएको कलेजका संस्थापक निर्देशक दिलेन्द्रकुमार राईले बताउनुभयो ।
विद्यार्थीकै नेतृत्वमा आयोजना भएका यस्ता कार्यक्रमले उनीहरूको वैयक्तिक क्षमता, सञ्चार र नेतृत्व विकास जस्ता सीप अभिवृद्धिमासमेत सघाउ पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सयभन्दा बढी विद्यार्थी सम्मानित भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच